११ वैशाख २०८२ बिहीबार
image/svg+xml २३:१ अपराह्न
समाज

सौराहामा सफारी जिप दुर्घटना हुँदा तीन घाइते

चितवनको रत्ननगर नगरपालिका–६ दाराहात्ती चोकस्थित ड्याम साइटबाट जङ्गल सफारीका लागि निस्किएको पर्यटक जिप दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन्।

नयाँ वर्षको दिन बिहान ७:३० बजेको समयमा ना ४ च ३३५५ नम्बरको जिप अनियन्त्रित भई आफैं सडकबाट दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिपमा सवार १० जनामध्ये तीन जनालाई मध्यम खालको चोट लागेको छ भने अन्य सात जना सकुशल रहेका छन्।

दुर्घटनामा घाइते हुनेहरूमा लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ का ३५ वर्षीय विष्णु तामाङ, २७ वर्षीय अर्जुन घले र २७ वर्षीय मनोज गुरुङ रहेका छन्।

उनीहरूलाई सुरुमा स्थानीय राज मेडिकल, सौराहामा उपचार गरिएको थियो। अवस्था जटिल देखिएपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ।

जिप चालक नवलपरासी (ब.सु.पूर्व) कावासोती नगरपालिका–११ का करिब २७ वर्षीय गङ्गाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना स्थलमा प्रहरी चौकी बछौलिबाट प्रहरी निरीक्षक कैलाश कार्कीको कमाण्डमा टोली परिचालन गरिएको थियो।

दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सो जिप सफारीका लागि ड्याम साइटबाट सौराहा हुँदै जङ्गलतर्फ जाँदै गरेको थियो।

प्रकाशित: २ वैशाख २०८२ १९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App