उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनःअध्यक्षमा ढकाल, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार ढकाल अध्यक्ष भएका हुन्।