१९ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः मतदान हुने, अञ्जन र उमेशलाल दोस्रो चरणमा

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धी कुनै पनि उम्मदेवारले ५० प्रतिशत मत पाउन नसक्दा पुन मतदान हुने भएको छ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष उम्मेदवारले ५० प्रतिशत मतभार कटाउनुपर्ने हुन्छ। कसैको पनि नपुगेपछि आजै  साढे २ बजेदेखि पुनः मतदान हुने भएको छ। पहिलो चरणबाट अञ्जन श्रेष्ठ ३८ प्रतिशत मत पाएर पहिलो तथा उमेशलाल ३१ दशमलब ५१ मत पाएर दोश्रो हुँदै दोश्रो चरणका लागि छानिएका छन। त्यसैगरी रामचन्द्र संघईले ३०दशमलब ४८ प्रतिशत मतभार पाएर तेश्रो हुँदै पहिलो चरणबाटै बाहिरीएका छन। 

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत  अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका थिए । साथै ८ मत बदर भएको थियो।

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गरेका थिएसाथै ३ मत बदर भएको थियो।वस्तुतगतर्फ खसेको १२३ मतमध्ये उमेशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गरेका थिए भने एक मत बदर भएको थियो।

प्रकाशित: ३० चैत्र २०७९ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App