२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ महासंघको सदस्यमा निर्वाचित

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।

एसोसिएटतर्फबाट उनी महासंघको सदस्य निर्वाचित भएका हुन्। यसअघि उनले महासंघको उद्योग प्रवद्र्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवद्र्धन समितिमा रहेर काम गरेका थिए।

विभिन्न सामाजिक संस्थाहरु चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाइपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थाहरुमा आबद्ध रहेर पनि उनले काम गरेका थिए।  

प्रकाशित: ३० चैत्र २०७९ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App