विद्युतीय गाडीमा थप कर, मदिरा र चुरोटलाई उन्मुक्ति
सरकारले विद्युतीय सवारीसाधन, पेट्रोलियम पदार्थ, मलखादलगायतमा राजस्व दर बढाउन चासो देखाएको छ। अर्कोतिर चकलेट र कोक मिसिएका खाद्यपदार्थमा भने उल्टै राजस्व घटाउने काम भएको छ।
सरकारले विद्युतीय सवारीसाधन, पेट्रोलियम पदार्थ, मलखादलगायतमा राजस्व दर बढाउन चासो देखाएको छ। अर्कोतिर चकलेट र कोक मिसिएका खाद्यपदार्थमा भने उल्टै राजस्व घटाउने काम भएको छ।
पोखरामा मंगलबार गोलभेंडाको मूल्य प्रतिकिलो १२० रुपैयाँ थियो। बुधबार त्यो मूल्य ६० रुपैयाँमा झरेको छ। त्यस्तै प्रतिकिलो एक सय रुपैयाँको सिमीको मूल्य घटेर ६० र घिरौंलाको मूल्य १२० बाट घटेर ५० रुपैयाँ कायम भएको छ।
अमेरिकामा रहेका नेपालीहरुको समूहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्टअप कम्पनी सगुन डट कमले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्कासन गरेको छ । सगुनमा विश्वभरका ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएको बताइन्छ ।
लकडाउनबीच कर तिर्न उर्दी जारी गरेको सरकार चौतर्फी आलोचनापछि पछि हटेको छ । निजी क्षेत्रले लकडाउनमा कर तिर्न नसक्ने भन्दै निर्णय सच्याउन दबाब दिएको थियो । निजी क्षेत्रको मागमा समर्थन जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत कर नतिर्न आह्वान गरेपछि सरकारलाई थप दबाब परेको थियो ।
कर्णाली प्रदेश सरकारले बहुमूल्य जडीबटी यार्सागुम्बा संकलन जेठ २५ गतेदेखि खुला गर्न तयारी गरेको छ । हुम्ला, मुगु, जुम्ला र डोल्पामा कोरोना भाइरस संक्रमण नदेखिएको र भारतबाट आउने त्यस क्षेत्रका नागरिकलाई सुर्खेतका क्वारेन्टिनमा व्यवस्थापन भएको अवस्था हुँदा यार्सागुम्बा संकलन गर्दा जोखिम नहुने प्रदेश सरकारले जनाएको छ ।
आन्तरिक राजस्व विभागले मङ्सिरदेखि चैत महिनासम्मको मूल्य अभिवृद्धि कर, अन्त:शुल्क कर, आयकर, आर्थिक ऐनअन्तर्गतका सेवा शुल्क र दस्तुर जेठ २५ गतेसम्म दाखिला गर्न परिपत्र गरेको छ ।
कर बुझाउने म्याद थप भएको छ। आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको हो। यस अघि जेठ २५ भित्र कर तिर्न भने पछि त्यसको विरोध भएको थियो। आन्तरिक राजश्य विभागले जेठ २५ सम्म कर नतिरे जरिवाना लाग्ने समेत जनाएको थियो।
कोरोना भाईरस संक्रमणका कारण पर्यटन क्षेत्रले मार खेपेको झन्डै पाँचमहिना पुग्दैछ। नेपालमा लकडाउन भएको करिब अढाई महिना पुग्न थालेपनि पर्यटन क्षेत्रले भने चीनमा कोरोना संक्रमण देखिन थालेदेखि नै मार खेप्न थालेको थियो।
विभागको ११३५ नम्बरमा बन्दाबन्दीको अवधिमा अहिलेसम्म एक हजार ५५ गुनासो आएको छ । तीमध्ये १६८ स्थानमा कारबाही गरिसकेको छ । चालू आवमा अहिलेसम्म एक हजार ७६५ जनालाई कारबाही भएको बताइएको छ ।
मंगलबार पोखरामा गोलभेंडाको प्रतिकिलो मूल्य १२० रुपैयाँ थियो । बुधबार त्यो मूल्य ६० रुपैयाँमा झरेको छ । त्यस्तै प्रतिकिलो एकसय रुपैयाँको सिमिको भाउ ६० र घिरौंलाको मूल्य १२० बाट ५० रुपैयाँमा झरेको छ
विगत ७२ दिनदेखी अत्यावश्यक सेवाबाहेक सबै सेवा वन्द छन्। लकडाउनका कारण धनी वर्गको सम्पत्तिको केही हिस्सा घटेपनि दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने वर्ग यतिवेला चरम पीडामा छन्।
अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुन (www.sagoon.com) ले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निस्कासन गरेको छ। सगुन (sagoon) मा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन्।
सरकारले सिंचाइमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ। कोरोना भाइरस कोभिड–१९ का कारण स्वदेशमै रोजगारी गुमाएर विदेशबाट फर्कनेहरुका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी बजेट व्यवस्था गरिएको हो। आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सिंचाइ मन्त्रालयको बजेट २८ अर्बको छ। जसमध्ये ६ अर्ब प्रत्यक्ष/अप्रत्यक्ष रोजगारीमै खर्च गरिने मन्त्रालयको योजना छ।
कोरोना संक्रमण फैलिने निहुँमा तरकारी गाड्न लगाएर बजारमा मूल्य बढाउने र एकाधिकार जमाउने खेल
कोभिड १९ को संक्रमणले मुलुक लकडाउनमा भएका बेला कर उठाउन सरकारले दोहोरो नीति लिएको छ । लकडाउनले एकातर्फ उद्योग व्यवसाय बन्द छ, अर्कोतर्फ सरकारले जेठ २५ को समय सीमा तोकेर कर बुझाउन उर्दी जारी गरेको छ ।
भारतको उत्तर पूर्वी क्षेत्र आगरामा सलहले किसानलाई दुःख दिइरहेका बेला पश्चिम नेपालका किसान चिन्तित बनेका छन् । भारतको आगराबाट नेपालको सबैभन्दा नजिक रहेको कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लामा चाँडै नै सलहको जोखिम बढ्न सक्ने भन्दै किसान चिन्तित बनेका हुन् ।
धानपछिको मुख्य खाद्यबाली मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । उक्त कीराले मकैको बोट नै सखाप पारेपछि किसानको मेहनत खेर जाने अवस्थामा पुगेको छ । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्युर्गिपेर्डा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलोपटक अमेरिकामा देखा परेको थियो ।
कोरोनाको संक्रमणको अवधीमा महंगो ब्याज तिर्न नसक्ने वर्गका लागि नेपाल राष्ट्र बैंकले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। मुलुक कोभिड–१९ को चपेटामा परेका बेला राष्ट्र बैंकले विगत चार वर्षदेखी उपलब्ध गराउँदै आएको पुनर्कर्जाको ब्याजदर कम गर्न नयाँ कदम चालेको हो।
प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
वीरगन्जमा लडकडाउनले आजित ब्यवसायी सडकमा उत्रिएका छन्। म्याद थप्दै लकडाउन लम्बाउँदै जाने तर अन्य वैकल्पिक उपाय नचालेकोमा उनीहरु असन्तुष्ट रहँदै आएका थिए। सोमवार साँझ भने वीरगन्ज्का ब्यवसायी सडकपेटीमा प्लेकार्ड सहित प्रदर्शनमै उत्रिए।
पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पुख्र्यौली पेसामा फर्किन थालेका छन् । कोभिड–१९ को जोखिमले व्यवसायलाई असर पुर्याएपछि यहाँका बासिन्दा पुख्र्यौली पेसामा फर्कन थालेका हुन् ।
वीरगन्जको सुक्खा बन्दरगाहमा आइसिडी डिस्टफिङ (कन्टेनरबाट मालसामान अन्य ढुवानी साधनमा खन्याएर लैजाने काम) सात दिनका लागि बन्द गरिएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ।
भूमि व्यवस्था मन्त्रालयले गरिबी निवारण कोषसँग आबद्ध ३२ हजार दुई सय ७६ गैरसरकारी संस्थालाई सहकारीमा मर्ज गर्ने निर्णय गरेको छ। यसबाट कोषले सञ्चालन गर्दै आएको १९ अर्ब रुपैयाँ अब सहकारीमा जानेछ।