बाहिरी जिल्लाको तरकारी आयातमा रोक
स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ।
डोल्पाको एक सडक निर्माणमा सम्झौता अनुसारको काम नभएको अवस्थामा ठेकेदारलाई रकम निकासा सिफारिस गरिएको खुलासा भएको छ।
बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ। बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट गर्ने बिजुली आयातमा ५० प्रतिशत कमी आउने भएको छ । पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ ।
कोभिड–१९ का कारण ठूलो श्रम शक्ति बेरोजगार बनेकाले नयाँ श्रमशक्ति र रोजगारबाट बाहिरिएका श्रमिकको व्यवस्थापनमा सरकारको उचित ध्यान जानुपर्ने आवश्यकता रहेको सांसदले बताएका छन् ।
लकडाउनका कारण अहिले अधिकांश व्यापार व्यवसाय ठप्प छ । तर, खोटाङको केपीलासगढी गाउँपालिका–७ सुंदेलका कृष्णबहादुर बिश्वकर्माको चदरा व्यवसाय भने निरन्तर चलिरहेको छ । सुंदेल पुछारमा पर्ने रावा खोला किनारमा टहरा बनाएर बिश्वकर्माले काठका विभिन्न किसिमका आकर्षक भाँडाकुँडा निर्माण गरिरहेका छन् ।
सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ ।
अर्गानिक उत्पादनको ख्याती कमाएका जिल्लाका टिस्टेटले उत्पादन गरेको चिया विक्रि हुन पाएको छैन । विभिन्न मुलुकमा निर्यात हुने चिया उत्पादको मुख्य सिजनमा बिक्री गर्न नसक्दा टिस्टेट तथा साना किसानलाई मजदुर, कर्मचारीको तलब लगायतका सुविधा, विद्युत, इन्धनको प्रबन्ध गर्न समेत समस्या हुने अवस्था आएको बताइएको छ ।
यसअघि चीनमा अध्ययन गर्न गएका हुनेखाने वर्गका नागरिकलाई भने सरकारी ढुकुटीको रकम खर्चेर उद्धार गरिएको थियो । कानुन विपरीत श्रमिकसँग रकम लिएर विदेशबाट उद्धार गर्ने सरकारको निर्णयविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
सरकारको यो निर्णय उसैले अघि सारेको नीति वातावरण र ऊर्जा नीति तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जनाएका प्रतिबद्धता विपरीत छ ।वातावरणसँग सरोकार राख्ने विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको समूहले विद्युतीय गाडीको आयातमा प्रस्तावित भन्सार महसुल र अन्तःशुल्क दर फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।
कर्णाली प्रदेश सरकारले यस वर्ष पनि ‘मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता दिने भएको छ । आधारभूत खाद्यवस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
विभिन्न क्षेत्रका व्यक्तिहरुले विद्युतीय गाडीको प्रस्तावित महशुल घटाउन माग गरेका छन्। प्रधानमन्त्री केपी ओली समक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै उनीहरुले महशुल घटाई पूर्ववत् कायम गर्न अनुरोध गरेका छन्।
मुलुकका १९ जीवन बीमा कम्पनीले ६३ अर्ब रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्। बीमा समितिका अुनसार उक्त बीमा शूल्क रकम चालु आर्थिक वर्ष ०७६/०७७ को वैशाख मसान्तसम्मको हो।
अढाई महिनायताको लकडाउनले अरू क्षेत्रजस्तै चियाको खेती, ढुवानी र बजारमा नराम्रोसँग क्षति पुगिरहेको छ । गतवर्षहरूमा पनि कहिले उत्पादन र कहिले निर्यातको झन्झट हुने गरेकाले चिया खेतीप्रति धेरै किसान उदासीन हुँदैछन् ।
कोरोना बीमा स्थगित भएको २४ घण्टा नवित्दै पूनः सुरु भएको छ। बीमा समितीले आज एक सूचना प्रकाशित गरी कोरोना बीमा सूचारु गर्न सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी खुलाउनका लागि वाणिज्य मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द गरिएको नाका खुलाउनका लागि वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत पहल थालेको हो ।
पृथ्वी होटल व्यवसायी समिति पोखराले लकडाउनको समयमा घरभाडा नमाग्न अपिल गरेको छ । समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले शुक्रबार विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बन्द अवस्थामा रहेका होटल व्यवसायीहरूलाई घरभाडा नमाग्न अपिल गरेका हुन् ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटमा मकै र भटमासको पिनामा कृषि सुधार शुल्क लगाएका छन् । स्वदेशी उत्पादनमा टेवा दिने नाममा लगाएको यो कर खारेज गर्न नेपाल दाना उद्योग संघले आग्रह गरेको छ ।
सरकारले ७४ दिनसम्म लकडाउनलाई निरन्तरता दिएपछि व्यवसायी पसल खोल्न पाउनुपर्ने भन्दै विरोधमा उत्रिएका हुन् । काठमाडौं र बाहिर बिहीबार केही सहरमा विरोधस्वरुप पसल खोलिएको छ । लकडाउनको अवज्ञा गर्दै व्यापारी सडकमा उत्रिएपछि प्रहरी प्रशासन निरीह बनेको छ । सरकारले बिहीबार विभिन्न क्षेत्रका विज्ञसँग सुझाव लिए पनि लकडाउनको मोडल परिमार्जन गर्ने नयाँ नीति ल्याएको छैन ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ३३ (ख) मा महामारीका कारण कामदार फिर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रहेको रकम प्रयोग गर्नुपर्ने उल्लेख छ ।
कोभिड–१९ महामारीले विदेशमा समस्यामा परेका नेपालीको उद्धार हुने भएपछि विमानस्थलमा विशेष सतर्कता अपनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबारदेखि उद्धार सुरु हुने भएकाले संक्रमण भित्रिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसारको कार्यविधि तयार गरिएको छ ।
बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ । चैत १५ गते गर्ने भनिएको परीक्षण उडान लकडाउनले रोकेको हो । गत पुस १२ गते विमानस्थल निर्माण सम्पन्न भइसकेपछि चैत १५ गते परीक्षण उडान गर्ने तयारी थियो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विभिन्न व्यवसायीलाई चार महिनाको शुल्क तथा भाडा छुट गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ विरुद्ध सूरु भएको कोरोना बीमा स्थगित हुने भएको छ। गत वैशाख ७ गतेदेखी औपचारिक रुपमा सूरु गरिएको कोरोना बीमा गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नयाँ रणनीति अपनाउन केहीदिनको लागि स्थगित गर्ने निर्णयमा पुगेको बीमा समितिले जनाएको छ।