टिआइएमा किन भइरहन्छ बारम्बार हवाई ट्राफिक जाम?

अन्तर्राष्ट्रिय उडान डेढ घण्टासम्म आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने गरेका छन्। अन्तर्राष्ट्रिय मात्र हैन आन्तरिक उडानमा पनि बेलाबेलामा होल्ड तथा जहाज अन्यन्त्र मोडिनु ‘डाइभर्ड’ हुने गरेका छन्। त्यसो त टिआइएमा बारम्बार दोहोरिने यो समस्या समाधानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, टिआइए नागरिक उड्डयन कार्यालय तथा सञ्चालित एयरलाइन्सले पहल नगरेका भने हैनन्। तर, टिआइएको समस्या जहाँ को तहीँ छ। सरोकारवाला विज्ञ विमानस्थल साँघुरो भएकाले विस्तार गर्ने योजना कार्यक्रम अघि बढाइरहेका छन्।