२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

पार्टीका केही नेताहरु मलाई बदनाम गर्न लागिपरेका छन्: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले  पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका हुन्। उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरुलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे। मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाए। मन्त्री आलेले आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको बिरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडा अध्यक्षको पनि साथ रहने विश्वास रहेको बताए। उनले देश/विदेशमा रहेका हिन्दु धर्मावलम्वीहरुले पशुपति क्षेत्रमा पूजा आराधना गर्न आउँदा सस्तो सुलवमा बस्न/खान पाउने व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएको उल्लेख गर्दै बतास समूहलाई पशुपतिको धर्मशाला कौडीको भाउमा दिन नसक्ने बताए।

प्रकाशित: २४ जेष्ठ २०७९ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App