२७ चैत्र २०८१ बुधबार
image/svg+xml २१:१ अपराह्न
अर्थ

नेपालमा नै बनेको हुन्डाई भेन्यूको खरिदबिक्री सुरु

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यूको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण सुरु गरेको छ।

नेपालमा नै हुन्डाई  भेन्यूको व्यवसायिक उत्पादन गरिएको कुरालाई ध्यानमा राखी हुन्डाई नेपाल: मेड फर युअर जर्नी ग्राहकमुखी योजना ल्याएको छ । 

यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सीङ्गको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीलेजनाएको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । 

लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यू मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी, केरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । 

हाल विक्री वितरण सुरु भएको मेड इन नेपाल हुन्डाई भेन्यू १.२ (एस)को मूल्य ४४ लाख ९६ हजारर भेन्यू १.२ (एसएक्स) को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ |

प्रकाशित: १० असार २०८१ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App