सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले तत्कालीन सहमति तोडेको बताएका छन्।
बुधबार (आज) 'नागरिक फ्रन्टलाइन'मा बोल्दै गुरुङले यस्तो टिप्पणी गरेका हुन्। 'गत फागुन ७ गतेयता पूर्वराजाले तत्कालीन सहमति तोडेका छन्,' उनले भने।
राजाले व्यापार गर्न पाउने, अरु नागरिकले झैँ अधिकार पाउने, नागार्जुनमा बस्ने, पूर्वराष्ट्रपतिभन्दा अलिक माथिको सुविधा राज्यले दिनेलगायतका सहमति भएको भए पनि अहिले उनले त्यो तोडेको बताए।
'पूर्वराजाले उक्त सहमति लल्कारेर सक्रिय राजनीतिमा आउन खोजेको देखिन्छ। पोखराबाट घर जाँदैमा त्यत्रो नौटङ्की गर्नुपर्छ त ? अनि १५ गते उनले तोकेका कमान्डरले जस्तो व्यवहार देखाए, त्यसले संविधानलाई प्रहार गर्यो,' उनले भने।
यस्तै उनले राजा फर्किन्छन् भन्नु भ्रम मात्रै भएको बताए।
प्रकाशित: २७ चैत्र २०८१ २०:०९ बुधबार





