२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

आर्थिक विकासका लागि व्यवसायमैत्री कानुन आवश्यक छ : उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले मुलुकको आर्थिक विकासका लागि व्यवसायमैत्री कानुन आवश्यक रहेको बताएकी छन्। फेसियल हाउसको १८औँ वार्षिकोत्सव तथा कर्मचारी सम्मान कार्यक्रममा उनले व्यवसाय र उद्योग फस्टाउनका लागि व्यवसायमैत्री कानुन निर्माण गर्नुपर्ने बताइन्।

'पुरानो ऐन र कानुनले मुलुकको विकास हुन सक्दैन, युगअनुसारको कानुन निर्माण गरेर अहिले मुलुकमा देखिएको नैराश्यतालाई मेट्न लाग्नुपर्छ,' उनले भनिन्। उपसभामुख रानाले मुलुकको विकास राजनीति गर्नेले मात्र गर्न नसक्ने भन्दै यो मुलुक निर्माणका लागि सबैको दायित्व रहेको बताइन्।

प्रकाशित: ११ पुस २०८२ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App