११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संविधानले राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किनु हुँदैन भनेर कहीँ भनेको छैन : गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु हुँदैन भनेर संविधानले कहीँ नभनेको बताएका छन्।

बुधबार (आज) साँझ 'नागरिक फ्रन्टलाइन'मा बोल्दै उनले यस्तो बताएका हुन्। 

'राज्यको प्रमुख भइसकेको मान्छे फेरि राजनीतिमा फर्किनु हुँदैन भनेर उठेको प्रश्न पनि स्वाभाविक छ। यो जनताको प्रश्न हो। तर, हाम्रो संविधानले राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किनु हुँदैन भनेर कहीँ भनेको छैन,' उनले भने।

 यो व्यक्तिको चाहनमा भर पर्ने उनले बताए। 'राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किन्नँ भने त्यो राम्रै भयो। तर, फेरि राजनीतिमा आएर देशको सेवा गर्छु भने त्यसमा हाम्रो संविधानले छुट दिएकै छ,' उनले भने।

अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा छ। भण्डारी एमाले पूर्वउपाध्यक्ष हुन्।

प्रकाशित: २७ चैत्र २०८१ २०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App