‘डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता-२०८२’ मा शिवराज शाहीकाे ‘एक मान्ठ एक देउता’ कथाले रुपैयाँ दुई लाख नगद राशिकाे प्रथम पुरस्कार जितेकाे छ।
बाह्रखरी मिडियाले आयोजना गरेकाे बाह्रखरी कथा लेखन प्रतियोगिता- २०८२’ विजेता घाेषणा कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले कथाकार शाहीलाई दुई लाख नगद र र प्रमाणपत्रसहित सम्मान गरिएकाे थियाे।
त्यस्तै कथाकार ऋतेष गुरुङकाे भुईंकुहिरोकाे बीचमा कथा द्वितीय भएको छ। कथाकार गुरुङलाई नगद एक लाख र प्रमाणपत्रबाट सम्मान गरिएकाे छ।
कथाकार ईन्द्रप्रसाद गोतामे (जगतजंग) काे अधुरो प्रतिलिपि कथा तृतीय भएकाे छ। कथाकार गोतामेलाई ६० हजार नगद र र प्रमाणपत्रबाट सम्मान गरिएको छ।
कार्यक्रममा स्वागत मन्तव्य प्रतीक प्रधान र धन्यवाद ज्ञापन हरिबहादुर थापाले गरेका थिए।
यसैगरी अन्य वक्ता हेमराज ढकाल, उपन्यासकार सम्राट उपाध्याय, मूल्याङ्कनकर्ताका संयोजक अशेष मल्ल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
राजेश खनालले कार्यक्रम सञ्चालन गरका थिए। होटेल सोल्टीको प्रेक्षालयमा कार्यक्रम भएकाे हाे।
साहित्यकार अशेष मल्ल, मञ्जु काँचुली र अभय श्रेष्ठ निर्णायक समितिले उत्कृष्ट २५ कथाका कथाकारहरू छानेका थिए। जसमा अनिता कोइराला, अनिता पन्थी, अमित घिमिरे, अविनाश भट्टराई, उमा शर्मा, उमेश श्रेष्ठ, कृष्णराज सर्वहारी, चेतनाथ आचार्य, जमुना भट्टराई, टीकाराम पोखरेल, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा, प्रज्ञा निरौला, भोगेन्द्र लिङ्देन, मन्दिरा मधुश्री, लक्ष्मण सिटौला, वसन्त बायुङ राई (नाम्दोचा), विष्णु एस राई, शिवराज शाही, शेखर दहित, सीता पाण्डे, हरिबोल काफ्ले र डा. हिमलाल श्रेष्ठ छन्।
छानिएका २५ उत्कृष्ट कथाहरूकाे संग्रह पनि प्रधानमन्त्रीबाट लाेकार्पण गरिएको थियो। कथासंग्रह फाइन प्रिण्टले छापेकाे हाे।

‘डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता-२०८२’ मा नेपालसहित विभिन्न मुलुकबाट एक हजार १६८ कथा प्राप्त भएका थिए। भारत (असम, दार्जिलिङ, दिल्ली), अमेरिका, अस्ट्रेलिया, इन्डोनेसिया, चीन, यूएई, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस जस्ता देशमा रहेका नेपालीभाषी कथाकारले कथा पठाएका थिए।
प्रकाशित: ११ पुस २०८२ ११:३९ शुक्रबार





-600x400.jpg)