१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

फरार दुर्गा प्रसाईं भन्छन्: मेरो जीवनको रक्षा हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु

फरार रहेका दुर्गा प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका हुन्। 

उनले भनेका छन्, 'मेरा वकिलहरू धुव्रलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशील पन्त, डा सुरेन्द्र भण्डारी, रमन श्रेष्ठ, डा भिमार्जुन आचार्य र मानव अधिकारको रोहबरमा हो भने म भोली २४ घण्टाभित्र पुलिस प्रशासनमा उपस्थित हुन्छु। मलाई खोज्नु पर्दैन। भारत भागेको भनिएको छ। म कतै भागेको छैन। नेपालमै छु नेपालकै कुनै ठाउँमा बसिरहेको छु। मेरो जीवनको रक्षाको सुनिश्चित हुन्छ भने म बाहिर आउन तयार छु।'

उनले आफू नभागेको र अहिले जोगिएर बसेको मात्र बताएका छन्। उनले भने, 'म भागेको होइन। जोगिएको मात्र हुँ । म रहे भने यो अभियान सफल हुन्छ। यदि म रहिन भने यो अभियान त्यतिकै सकिन्छ।' 

प्रकाशित: २७ चैत्र २०८१ १८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App