१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कुमारी बैंकमा रिकरिङ निक्षेप क्याल्कुलेटर

कुमारी बैंकले डिजिटल उपकरण, रिकरिङ निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ। बैंकले ग्लोबल मनी विकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुरु गर्न लागेको जनाएको छ।

प्रयोगकर्ता अनुकुल रहेको क्याल्कुलेटरले ग्राहकलाई निश्चित रिकरिङ निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्छ।

सो क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्ने र यसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट भविष्यमा जम्मा हुन सक्ने बचत, सो बचतबाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरू अनुमान गर्छ।

प्रकाशित: ७ चैत्र २०८० ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App