२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालका कफि व्यवसायीको निर्यात क्षमता बढाउन गाइडलाइन तयार

नेपाली कफी व्यावसायीहरूको निर्यात क्षमता बढाउन इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) ले युरोपेली संघ र संयुक्त राज्य अमेरिकालाई लक्षित गरी निर्यात सहजीकरणका दुई छुट्टा छुट्टै गाइडहरू पनि तयार पारेको छ। आइटिसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइडहरू तयार भएका हुन्।

यी गाइडहरूले नेपाली निर्यातकर्ताहरूले ती दुबै गन्तव्यमा कफी निर्यातका लागि अपनाउनु पर्ने प्रकृयता र पालना गर्नुपर्ने मापदण्डका साथै आयातकर्ताले सफलतापूर्वक सम्बन्धित गन्तव्य मुलुकमा पुरा गर्नुपर्ने प्रकृयाको बारेमा चरणवद्ध प्रक्रिया समेटेका छन्।  

युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा कफीको निर्यातको अवस्था, कफी निर्यातको प्रकृया र आवश्यक कागजात, कफी निर्यात प्रवर्द्धनका लागि व्यापार सहजीकरण र बजार प्रवर्द्धन कफी बजार विश्लेषणका आधुनिक विधिहरू नेपालका लागि तयार गरिएको ट्रेड म्याप तथा नेपालबाट कफी निर्यातका सम्भावनाहरू र सम्भावित गन्तव्यहरूबारे जानकारी गराइएको थियो। टिइपिसीका कार्यकारी निर्देशक शरद विक्रम राणाले सरकारी निकाय,दातृ निकायर व्यवसायीहरूबीच अन्तरकृया मार्फत कफी क्षेत्रका समस्याका समाधानको लागि उपाय खोजिनुपर्नेमा जोड दिए।

अहिले  नेपाली कफी रू १७०० प्रति किलोमा निर्यात हुने गरेको भए पनि आयात रू ३९१ प्रति किलो हुने गरेको छ।   राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार नेपालमा वार्षिक ३५५ टन उत्पादन हुने गरेको छ।  उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव तोयम रायले व्यवसायीहरूले कफी निर्यातका लागि चाहिने नीतिगत सुधारबारे सरकारलाई लिखित रूपमा जनाकारी दिन आग्रह गर्दै आगामी बजेटमा त्यसको उचित सम्बोधनका लागि पहल गर्ने बताए।  

‘अन्तराष्ट्रिय बजारको माग र गुणस्तर अनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनु पर्नेमा बेला भइसकेको छ,’ उनले भने‘ निर्यात प्रवर्द्धनका लागि साना तथा मझौला व्यवसायहरूको लागि विशेष व्यवस्था गरी निर्यातमा सहजीकरण गर्ने नेपाल सरकारको  नीति रहदैँ आइरहेको छ। ’ मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले स्वदेशी तथा विदेशी बजारमा कफीको उच्च माग रहेको बताउँदै उत्पादन र निर्यात प्रवर्द्धनमा दातृ निकाय,व्यवसायी र सकारको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे।  युरोपियन युनियनका वरिष्ट कार्यक्रम व्यवस्थापक मिम हमालले नेपाल सन् २०२६ सम्म अतिकम विकासित मुलुकको स्तरमा पुगे पछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतिहरूको सामाना गरी निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारका आवश्यकता र गुणस्तर अनुसारको उत्पादन अभिवृद्धि गर्न यस कार्याशालाले सहयोग पुग्ने बताए।  

इयु टिआइपी÷ आइटिसीका कार्यक्रम संयोजक डा। विदुर घिमिरेले नेपालमा कफी क्षेत्रमा संलग्न सुक्ष्म, साना तथा मझौला उत्पादक तथा निर्यातकर्ताहरूको उत्पादन क्षमता बढाइ अन्तराष्ट्रिय बजार सम्पर्क तथा पहुँच वृद्धि गर्न यस कार्यशालाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै यस्ता क्षमता अभिवृद्धि कार्यशालाले नेपाली कफीको अन्तराष्ट्रिय तथा क्षेत्रीय बजारको मुल्य श्रृंखलामा थप पहुँच पु¥याउने बताए।  कफी उत्पादक महासंघका अध्यक्ष ओम अधिकारीले नेपालमा हाल १२ लाख हेक्टरमा कफीको खेती गर्न सकिने भए पनि हाल २६०० हेक्टरमात्र खेती भइरहेको जानकारी दिए।  

युरोपियन युनियनका वरिष्ट कार्यक्रम व्यवस्थापक मिम हमालले नेपाल सन् २०२६ सम्म अतिकम विकासित मुलुकको स्तरमा पुगे पछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतिहरूको सामाना गरी निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारका आवश्यकता र गुणस्तर अनुसारको उत्पादन अभिवृद्धि गर्न यस कार्याशालाले सहयोग पुग्ने बताए।  नेपाल व्यापार तथा लगानी कार्यक्रम ९ टिआइपी ० नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रद्धारा संयुक्त रूपमा यो क्षमता विकास तालिम सोमबारदेखि आयोजना गरिएको हो।  

विशेष गरी यो कार्यशाला विश्वव्याापारमा जोडिएका वा जोडिन खोज्ने नेपालका सुक्ष्म लघु तथा मझौला व्यवसायहरू ९ एमएसएमइज ० को अन्तराष्ट्रिय बजार पहुँच अभिवृद्धिका लागि गैह्र भन्सार जनय अवरोधहरू तथा बजार सम्बन्धी पूर्व सूचनाको पहुँच सहित प्रतिस्पर्धात्मक क्षमता र अनुपालना बढाउने मुल लक्ष्यका साथ यो कार्यशाला आयोजना भएको हो।  गण्डकी तथा लुम्बिनी प्रदेशका साना तथा मझौला ३०जना कफी व्यवसायीहरूले यस तीन दिने तालिममा व्यापारका विविध पक्षहरूबारे आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाउने छन्।  

सन् २०२६ सम्म अतिकम विकसित मुलुकमा स्तरोन्नति हुने प्रयासमा रहेको नेपालका लागि सुक्ष्म, साना तथा मझौला व्यवसायहरू लक्षित यस कार्यशालाले उनीहरूको उत्पादन तथा निर्यात क्षमता अभिवृद्धि महत्वपूर्ण योगदान दिने छ।   कार्यशालामा गोर्खा, स्याङजा, लम्जुङ, गुल्मी, पाल्पा, कास्की लगायतका जिल्लाका २५ जना कफी उत्पादक तथा निर्यातकर्ता सहभागी थिए ती मध्ये १३ जना महिला थिए।   

प्रकाशित: १८ पुस २०७९ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App