१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

साहित्य दिवसमा सात कृति लाेकार्पण

साहित्य संवर्धन केन्द्रले साहित्य दिवसको अवसरमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेकाे छ।

साहित्य संवर्धन केन्द्रको आयोजनामा भानु माध्यमिक विद्यालय अगाडि रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा बिहान भेला भएर साहित्यकार र साहित्यिक संघसंस्थाका प्रतिनिधिहरूले भानुभक्तको प्रतिमामा माल्यार्पण गरेपछि र्‍याली सुरु गरिएकाे थियाे।

साहित्यक संस्था तथा समूहले आआफ्नो ब्यानरसहित कार्यक्रममा सहभागिता जनाएका थिए। र्‍याली टुँडिखेल परिक्रमा गरेर नेपाल प्रज्ञाप्रतिष्ठानमा पुगेको थियो। प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण कक्षमा सात कृति प्राडा विद्यानाथ कोइरालाको ‘ऋग्वेद’, डा.धनपति कोइरालाको निबन्धसङ्ग्रह ‘अतृप्ति’, सुधा शर्माको ‘समकालीन नेपाली निबन्धमा पूर्वीय दर्शन’, कुमार काफ्लेको बालकथासङ्ग्रह ‘सुन्दर सपना’, नवराज रिजालको कथासङ्ग्रह ‘लौ भन्नोस् त’, नारायणकैलाश सिग्देलको नियात्रासङ्ग्रह ‘देश डुल्ने पाइला’ र आर्या घिमिरेको बालकवितासङ्ग्रह ‘आफ्नै देश राम्रो’ काे लाेकार्पण गरिएको थियो।

साहित्य दिवसको सन्दर्भमा साहित्यमा योगदान पुर्‍याइरहेका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान अर्पिएको थियो। हरिहर शास्त्री- सावित्रीदेवी साहित्य पुरस्कार आख्यानकार प्राडा ध्रुवचन्द्र गौतमलाई र साहित्य संवर्धन द्रष्टा सम्मान प्राडा लक्ष्मणप्रसाद गौतमलाई प्रदान गरिएको थियो। तीलगायतका फरक विधामा विभिन्न साहित्यकार र संघसंस्थालाई साहित्यिक १५ पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: ३ वैशाख २०८२ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App