कलमको आवाज
छिमेकीको अराजकता बढ्दा नेपालीको घरघरमा एलपि ग्याँसको अभाव भएको थियो भने अत्यावश्यक औषधीको समेत अभाव सुरू भएको थियो।
छिमेकीको अराजकता बढ्दा नेपालीको घरघरमा एलपि ग्याँसको अभाव भएको थियो भने अत्यावश्यक औषधीको समेत अभाव सुरू भएको थियो।
मैले तुरुन्तै प्रस्तावको समर्थन गरें । त्यसो त म एकपटक त्यहाँ पुगिसकेको थिएँ तर मेरो पहिलो हलेसी यात्रा अधकल्चो वा अपूर्ण थियो ।
ऊ सुत्ने बेलामा मनमा कुरा खेलाउँदै थियो, “यो खादा र फ्रेम बिक्री हुने भए साथीसँग लिएको सापटी पैसा तिर्न पुग्थ्यो कि!”
अपराध अनि विकृतिलाई पछार्न आओस् दसैँ,अत्याचारी र दुराचारीलाई झपार्न आओस् दसैँ। सत्यको जीत भएको इतिहास पढेका छौँ हामी, नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैँ।
उबिना सक्दिनँ म त सक्ने हुनु पनि छैन, मेरो आफ्नै आधा जीवन अबदेखि मेरै हैन, यो जुनीको हरेक उडान उनीसँगै भरूँ अब, शिर पारी रुपाकोटलाई उनीसँगै मरूँ अब, ए भन्देऊ तुवाचुङ! उसलाई आफ्नो बनाउन कुन फूल टिपी दिऊँ!
दसैं महान पर्व हो। यो आस्थाको धरोहर हो। असत्यमाथि सत्यको विजय भएको हर्षोल्लासमा मनाउन शुरू गरिएको पर्व हो। यो एकताको पर्व हो।
‘राकेश, तिमीले स्पेनिस भाषा पनि सिकेका हौ नि नेपालमा। एकपटक सोध न डाक्टरलाई कहिले सञ्चो हुन्छ मलाई! मेक्सिकन सेनाले हानेको गोलीको घाउ त साह्रै पोल्दो रहेछ।’ उसले साथीसँग भन्यो।
कृष्णले अर्जुनको नेत्र खोसे, इन्द्रले ऋषि पत्नीको चरित्र खोसे। खोस्न त यहाँ पनि केके खोसेखोसे! खोस्दा खोस्दै मेरो देशको चित्र खोसे।
विगतका अनुभवलाई टेकेर अर्तिको कुरा गर्छु, आवाद बस्तीको मात्रै होइन, पर्तीको कुरा गर्छु। आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन, माटोमा रमाउँछु, त्यसैले त धर्तीको कुरा गर्छु।
खेलाइरहेछन् ,सहिरहेछु, दुखाइरहेछन्, हाँसिरहेछु,पेलिरहेछन्, थामिरहेछु, निर्दोषिताको मूल्य, अपमानले खेपिरहेछु, दुईचार जिउँदा लाशहरूले, तर्साउन खोज्छन् बेलाबेला, फेरि तिनकै सदा कल्याण चिताइरहेछु।
तिमी अखबार हुँदा म बेखबर भएँ नि,तिमी शहर हुँदा म गाउँघर भएँ नि। तैपनि गुनासो केही गर्दिन कसैलाई,तिमी दरबार हुँदा म बेघरबार भएँ नि।
साहित्यकार विजय चालिसेद्वारा लिखित वैदिक उपन्यास ‘युगसन्धि’ सार्वजनिक गरिएको छ।
डा.कुसुमाकर शर्मा लघुकथाका कुशल विश्लेषक पनि हुन्। लघुकथाको क्षेत्रमा उनको लगाव निकै प्रशंसनीय देखिन्छ।
लघुकथाकार नवराज शर्माको लघुकथासङ्ग्रह सँझ्यालमाथि भक्तपुरमा विमर्श गरिएको छ।
कहीं न कहीं स्वार्थ बोकेर पोखिन्छ मान्छे,अनि जिन्दगीको पहाडमा ठोकिन्छ मान्छे। सारा देख्छ दुनियाँमा स्वार्थ नै झल्किएको, अस्तव्यस्त तराजुमा तब जोखिन्छ मान्छे