५ आश्विन २०८१ शनिबार
image/svg+xml

सिद्धबाबामा पहिरो खस्यो, बुटवल–पाल्पा सडक अबरुद्ध

बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबामा ठूलो पहिरो खसेपछि सोमबार साँझदेखि सडक अबरुद्ध भएको छ । अविरल वर्षापछि साँझ साँढे ५ बजेतिर ढुंगा र रुख सहितको पहिरो खसेकाले बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।

तनहुँका विभिन्न स्थानमा पहिरोमा परी १० को मृत्यु, दुई जना वेपत्ता

अविरल वर्षा संगै आएको पहिरोका कारण तनहुँमा १० जनाको मृत्यु भएको छ । पहिरोका कारण २ जना वेपत्ता भएका छन् भने दुई जना घाइते छन् । सोमबार बिहान गएको बाढीपहिरोका व्यास नगरपालिकामा ४ जना, ऋषिङ गाउँपालिकामा ५ जना र म्याग्दे गाउँपालिकामा १ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

बस्ती जोगाउन दिनरात खट्दै सशस्त्र प्रहरी सँगै स्थानीय

बागमती नदीमा आएको बाढी बिस्तारै कम हुदै गएपछि कटान तिब्र बनेको छ । बाढीको पानी कम भएर पानीको बहाबको गति बढेकोले रौतहटको ब्रहम्पुरी गाउँ नजिक कटान तिब्र पारेको हो ।

छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको

बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन्। गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो।

तनहुँमा पहिरोमा परी ६ को ज्यान गयो, ५ बेपत्ता

अविरल बर्षासंगै आएको पहिरोका कारण तनहुँमा ६ जनाको ज्यान गएको छ। पहिरोका कारण ५ जना बेपत्ता भएका छन् भने दुई जना घाईते भएका छन्।

तयारी नहुँदाको तनाव

विद्यमान ऐनले निकै राम्रा प्रावधान समेट्दा समेट्दै पनि त्यसलाई सरोकारवाला निकायले गम्भीरतापूर्वक लिएको पाइएन। अहिले विपत् बढिरहँदा हामी हेरिरहन बाध्य छौँ। ऐनले नै पूर्वतयारी, प्रतिकार्य, पुनर्लाभ, पुनव्र्यवस्थापन र पुनर्निर्माणमा जोड दिँदै पूर्वतयारीले क्षति न्यून गराउन सक्ने बताउँदा हामी त्यसमा चुक्यौँ।

बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो

देशका विभिन्न ठाउँमा बाढीपहिरोमा परी थप पाँचजनाको मृत्यु भएको छ। योसँगै चार दिनयता बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। यो संख्या शनिबार ५५ थियो। यसैगरी बाढीपहिरोमा ४१ जना बेपत्ता छन्।

भोजपुरमा पहिरोले ५ परिवार विस्थापित

अविरल बर्षासंगै आएको पहिरोको कारण भोजपुरमा ५ परिवार विस्थापित भएका छन । पहिरोका कारण षडानन्द नगरपालिका ४, दिङलाबजारका ५ परिवार विस्थापित भएको प्रहरी कार्यालयले जनाएको छ ।

जाजरकोट पहिरो : मृतकको संख्या ११ पुग्यो

लगातार बर्षाका कारण जाजरकोटको बारेकोट–४ सार्कीमा आएको पहिरोमा परी बेपत्ता भएका थप दुईजनाको शव भेटिएको छ । आइतबार पहिरोमा पुरिएको अवस्थामा कमला र लक्ष्मी सार्कीको शव भेटिएको हो ।

बाढीबाट विस्थापितलाई सुरक्षित स्थानमा सार्न थालियो

केही दिनदेखि परेको अविरल बर्षाका कारण जिल्लाको विभिन्न स्थानमा बाढीले धान खेत कटान र पानीको सतह बढेपछि विस्थापितलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

संखुवासभामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता

तीन दिन यता भइरहेको अविरल बर्षाका कारण संखुवासभा जिल्लाको सिलोङचोङ गाउँपालिकामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।

सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ। पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन्।

गाईघाट डुवान, पहाडी सडक अवरुद्ध

केहीदिनयताको निरन्तर वर्षाका कारण आएको बाढीले बगाएर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ। दुईदिनयता लगातार भईरहेको वर्षापछि त्रियुगा नदीमा आएको बाढीले बगाउँदा त्रियुगा नगरपालिका ९ गहिरुनका ६० वर्षीय मानन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीपहिरो: तीन दिनमा ५५ जनाको मृत्यु, ३१ बेपत्ता

तीन दिनदेखिको अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको छ। वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन्। पहाडमा बाढीपहिरो र तराईमा डुबानको खतरा अझै टरेको छैन। बाढीपहिरोमा परी तीन दिनयता ५८ जनाको मृत्यु भइसकेको छ भने ३१ जना बेपत्ता छन्।

म्याग्दीमा बाढीपहिरोमा २७ जनाको मृत्यु, चारजना अझै बेपत्ता

म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म २६ जनाको शव भेटिएको छ । मराङमा बेपत्ता भएकामध्ये १८ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्