५ आश्विन २०८१ शनिबार
image/svg+xml

म्याग्दीको पहिरो : मृतकको सङ्ख्या २० पुग्यो

म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।

जाजरकोट पहिरो वितण्डा : थप दुईको शव भेटियो

लगातार बर्षाका कारण जाजरकोटको बारेकोट–४, सार्की गाउँमा आएको पहिरोमा बेपत्ता भएका थप दुईजनाको शव फेला परेको छ ।

आठ घण्टापछि खुल्यो कर्णाली राजमार्ग

पहिरो गएको ८ घण्टापछि कर्णाली राजमार्ग खुलेको छ । विहान साढे ७ बजे कर्णाली राजमार्गको जुम्ला खण्डको रारा डुण्डेलीमा झण्डै २० मिटर सडक पहिरोका कारण पुरिएको थियो ।

म्याग्दी पहिरो : पुरिएका १९ जनाको शव भेटियो

पश्चिम म्याग्दीका विभिन्न गाउँमा गएको पहिरोमा परेर हराएका मध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । धवलागिरी गाउँपालिका–६,मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म १९ जनाको शव भेटिएको प्रहरीले बताएको छ ।

बाढी पहिरो पीडितलाई तत्काल उद्धार गरी विद्यालय भवनमा राखिने

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ ।

आज कता–कता बाढीको खतरा?

आज बागमतीसहित कोसी, कमला र नारायणी नदीमा बाढी सतर्कता आसपास हुने देखिएको छ भने कन्काई नदीको बहाव खतरा तहसम्म पुग्ने सम्भावना छ । यस्तै प्रदेश १ र २ का चुरे र तराईबाट वहने साना नदीमा पनि आकस्मिक बाढी आउने उच्च सम्भावना छ ।

पहिरोमा वेपत्ता १० जनाको शव भेटियो

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ।

‘हामी बाढीपहिरोले असर गर्ने भू–भागमा छौँ’

भूगर्भमा रहेको युरोसियन र इन्डियन टेक्टोनिक प्लेटको टकराबकारण यस क्षेत्रमा बेलाबेला भूकम्प जान्छ। जसले धरातल कमजोर बनाएको छ। अहिले जलवायुमा आएको परिवर्तनले एकैपटक ह्वार्र भेल आउँछ। हामीले विकास निर्माण गर्दा धेरै ठाउँमा पानीको प्राकृतिक मार्ग बिथोलेका छौँ। जसकारण भेल हामीले नै बनाएका खोँच वा खाल्टा छिरेर पहिरो जाने गर्छ।

वन मन्त्रालयसँग छैन बाढीपहिरोको क्षति विवरण

प्रधानमन्त्री कार्यालयले शुक्रबार वन तथा वातावरण मन्त्रालयसँग बाढी–पहिरो र त्यसले वातावरणमा पु¥याएको क्षति विवरण माग्यो। पत्रमार्फत प्रधानमन्त्री कार्यालयले क्षति विवरण माग्दा वन मन्त्रालयमा बाढीपहिरोजन्य वातावरणीय घटनाको विवरण नै पाइएन। आफूसँग सम्बन्धित घटनाको कुनै अभिलेख नराखेको सो मन्त्रालयले त्यसपछि बल्ल मातहतका कार्यालयलाई सूचना संकलन गरी पठाउन निर्देशन दिएको छ।

भोटेकोसी र बाढीपहिरोको घेराबन्दीमा छौं: जाङ्मु शेर्पा

बर्खामा भोटेकोसी नदी बर्सेनी बहुलाउँछ। यो साल पनि बहुलाउन थालिसक्यो। भोटेकोसी बढेपछि तीन दिनदेखि सुतेका छैनौं। भोटेकोसी गाउँपालिका–४ बोलेपा हाम्रो गाउँ हो। खासा (तिब्बत÷चीन) नजिकैको हाम्रो गाउँमा त्यस्तै १५–१६ घरपरिवारको बसोबास छ। हाम्रो गाउँको मुखैमा भोटेकासी जलविद्युत् आयोजनाको बाँध छ।

जुरे पहिरोपीडित भन्छन्, सरकार हाम्रा लागि रहेनछ

जुरेका पहिरोपीडितका लागि भनेर प्रवासी दाजुभाइले २ करोड २४ लाख ६६ हजार रुपैयाँ संकलन गरी जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा राखिदिएका थिए। त्यो रकम अझै त्यही खातामै थन्किएको छ।

पहिरोको वितण्डाः २१ जनाको मृत्यु, ३७ बेपत्ता

पहिरोमा परी गण्डकी प्रदेशमा ११ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता छन। त्यस्तै कर्णाली प्रदेशमा ९ जना र प्रदेश ५ को गुल्मीमा एकजनाको मृत्यु भएको छ। वर्षा भइरहेकाले पहिरोपीडत र विस्थापितको उद्धार र राहत वितरणमा समस्या आएको छ।

पहिरोले घर बगाउँदा कर्णालीमा नौको मृत्यु

लगातारको बर्षाका कारण बाढीले घर बगाउँदा पछिल्लो २४ घण्टामा कर्णालीमा नौ जनाले ज्यान गुमाएका छन् भने सात जना अझै बेपत्ता छन् ।

बाढीपहिरोको वितण्डा : भोटेकोसी करिडोरमा थप जनधन क्षति, एक बेपत्ता

तीन दिनदेखिको अबिरल बर्षाले भोटेकोसी नदी करिडोरमा शुक्रबार थप क्षति पुर्‍याएको छ । भोटेकासी गाउँपालिका–३ लार्चामा बाढीले बस्ती बगाउँदा एक जना बेपत्ता भएका छन् । दुई घाइते भएका छन् ।

विमानस्थलको नहरले गल्फ कोर्षमा समस्या

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नहरको पानीको सहज निकास नहुँदा विजयपुर खोला किनारमा रहेको हिमालयन गल्फ कोर्षलाई क्षति पुर्‍याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्