२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भोजपुरमा पहिरोले ५ परिवार विस्थापित

पहिरोले क्षति पुर्‍याएको घर ।

अविरल बर्षासंगै आएको पहिरोको कारण भोजपुरमा ५ परिवार विस्थापित भएका छन । पहिरोका कारण षडानन्द नगरपालिका ४, दिङलाबजारका ५ परिवार विस्थापित भएको प्रहरी कार्यालयले जनाएको छ । शनिबार राती खसेको पहिरोले घरहरु जोखिम बढेपछि ती परिवारलाई अन्यत्र सारिएको प्रहरी जनाएको छ ।  

पुरुवा माटोमा बनेका ती घरहरु लगातारको बर्षातले क्षति पुगेको इलाका प्रहरी कार्यालय दिङलाका प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी गराए । उनका अनुसार ती परिवारलाई स्थानीय सुबास तामाङको घरमा राखिएको छ । त्यस्तै, षडानन्द नगरपालिका ७, केउरेनीपानी रुखले किचेर स्थानीय धर्मराज चौहानको घर पुर्ण रुपमा क्षति भएको छ ।

प्रकाशित: २८ असार २०७७ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App