१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उपाध्यायको परिवार विस्थापित, प्रशासनले बेवास्ता गरेको आरोप

गत कात्तिक १७ को भूकम्पले बस्दै आएको घर चर्किएपछि जुम्लाको चन्दननाथ नगरपालिका १ का गणेशप्रसाद उपाध्यायको परिवार विस्थापित भएको छ।

अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित

बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्ण रूपमा भत्किएर परिवार विस्थापित भएको छ।

तटबन्ध भत्किएपछि ४८ परिवार विस्थापित

रौतहटको बागमती र लालबकैया नदीमा आएको बाढीले व्यापक क्षति पुर्‍याएको छ।लगातार परेको पानीले लालबकैया नदीमा बाढी आउँदा राजपुर नगरपालिकाको बैरियामा तटबन्ध भत्किएको छ। तटबन्ध भत्केर गाउँमा बाढी पसेपछि एकै गाउँका ४८ परिवार विस्थापित भएका छन।

बाढीपहिराे: सत्र घरपरिवार विस्थापित

संखुवासभामा बाढीपहिराका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन्। गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन्।

बाढीले रौतहटमा तीन सय परिवार विस्थापित

लगातार तीन दिन परेको पानीले आएको बाढी र डुबानमा परी रौतहटमा करिब तीन सय परिवार विस्थापित भएको देखिएको छ।

बाढीपीडितका ६ वर्ष : करोडौं खर्च, उपलब्धी शुन्य

२०७१ सालको साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए। एक हजार ४५ परिवार पूर्ण विस्थापित भए। सरकारी तथ्याङ्क अनुसार छ वर्षको अवधिमा बाढीपीडितका नाममा करिव २५ करोड बढी खर्च भएको छ। गैरसरकारी संस्था र अन्य दाताहरुको सहयोगको लेखाजोखा छैन्। बाढीपीडितका नाममा राज्यले करोडौं खर्च गरेपनि विस्थापितहरुको दैनिकी झनझन कष्टकर बन्दै गएको छ।

पहिरोले धनकुटामा पाँच परिवार विस्थापित, कोशी राजमार्ग अबरुद्ध

भारी वर्षाका कारण धनकुटा जिल्लाका विभिन्न स्थानका बस्ती जोखिम परेका छन् भने केहीँ परिवार बिस्थापितका भएका छन् । पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका तीन घर र धनकुटा नगरपालिका–१ हिलेका दुई घर बिस्तापित भएका हुन ।

पहिरोले ९ परिवार विस्थापित

पहिरोका कारण बराहताल गाउँपालिका–५, तल्लो सुन्दारीको सामुदायिक वन, खेतीयोग्य जमिन र मानव बस्ती जोखिममा परेको छ । गाउँमाथि र मुनिबाट लगातार पहिरो खस्न थालेपछि नौ घर परिवार विस्थापित भएका हुन् ।

भोजपुरमा पहिरोले ५ परिवार विस्थापित

अविरल बर्षासंगै आएको पहिरोको कारण भोजपुरमा ५ परिवार विस्थापित भएका छन । पहिरोका कारण षडानन्द नगरपालिका ४, दिङलाबजारका ५ परिवार विस्थापित भएको प्रहरी कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्