२३ चैत्र २०८१ शनिबार
image/svg+xml १५:१६ अपराह्न

उत्तर खोज्दै प्रश्नको घेराभित्र

अपेक्षाको आँगनबाटै, अनगिन्ती खुसीहरू खोसिएपछि, उत्सवकै बाजा घन्किँदा पनि, नाच्न सकेनन् असुरक्षित विचारहरू।

वादविवाद

उनले जुरुक्क उठेर भने, ‘गुरु, मलाई वादविवादको विषय नै मन परेन।’ - किन? उनले उल्टै गुरुलाई साेधे, ‘हजुर भन्नु त बुबा ठूलो कि आमा?’

जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्!

कुनै लुटेरा कुनै चटुपाध्य छन्,देश विकासका नारा असाध्य छन्। जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्।

छातीभित्र पीडाहरू लुकाइरहेछ कर्णाली!

छातीभित्र पीडाहरू लुकाइरहेछ कर्णाली, र, वर्षौंदेखि उसैगरी सुसाइरहेछ कर्णाली। आफैँ प्यासी छ आफै भोको छ तर पनि, बगरहरूलाई अमृत चुसाइरहेछ कर्णाली।

नेता जति सबै दलाल चोर लाग्छ मलाई!

किन होला देख्यो कि त बोर लाग्छ मलाई, लुटेरा र भ्रष्ट हरामखोर लाग्छ मलाई, जनतालाई चाहिँ रुवाएर आफ्नै भुँडी भर्ने, नेता जति सबै दलाल चोर लाग्छ मलाई।

मैले नलगाएको घडी

बिहेमा पनि घडी दिने चलन छ, सायद ज्वाइँले समय अनुसार चलेर छोरीलाई सुख दिऊन् भनेर होला। तर मेरा ससुरालीलाई छोरीले सुखदुःख पाउने कुराको चासै नभएर होला कि मलाई घडी दिएनन्।

‘भ्यालेन्टाइन डे’को अवसर पारेर फिल्म ‘कार्की साइँला’ को घोषणा

भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ को घोषणा गरिएको छ। कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ। फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन्।

ढलेपछि तिम्रो प्रेमको घर के हाल हुन्छाै होला!

ढलेपछि तिम्रो प्रेमको घर के हाल हुन्छाै होला, सकिंदा सँगै जिउने रहर के हाल हुन्छाै होला। अहिले त मेरो बोली नसुनी ननिदाउने तिमी, म मरेको पुग्यो भने खबर के हाल हुन्छ होला।

अमृतभित्र विष घुलेको देखें मैले!

कोपिला नलाग्दैमा फुलेको देखे मैंले, घमण्डले बेस्सरी चुलेको देखें मैले। अहंताले भरिएको घैंटो फुटाउन, अमृतभित्र विष घुलेको देखें मैले।

माटाे बाेलेकाे मुक्तकसंग्रह ‘खुला आकाशमुनि’

मुक्तकसङ्ग्रहभित्रका कतिपय मुक्तकहरूमा बहुसङ्ख्यक नेपालीहरूको अन्तर्ह्रृदयलाई स्पर्श गर्ने भावपूर्ण उद्गार पाइन्छ ।

हातमुख जोर्न धौधौ हुनेसँग सुनका कुरा के गर्नु!

हातमुख जोर्न धौधौ हुनेसँग सुनका कुरा के गर्नु, संवेदनहीन अमानवीय पशुसँग गुनका कुरा के गर्नु। स्वार्थले भरिएका विवेकहीन मान्छेहरूको सामुन्ने, बन्धुबान्धव,इष्टमित्र,नातागोता खुनका कुरा के गर्नु।

निबन्धकार कुमारी लामाकाे ‘दर्ज्यु संलाप’ लोकार्पण

राष्ट्रिय नाचघर जमलमा निबन्धकार कुमारी लामाकाे ‘दर्ज्यु संलाप’ निबन्धसंग्रहकाे लोकार्पण भएकाे छ।

साधारण मान्छे असाधारण जीवन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बहुआयामिक व्यक्तित्व हुन् भन्ने तथ्यलाई उनकै बहुआयामिक कर्म र कृतिहरूले पुष्टि गरिसकेका छन्।

आवाजविहीनहरूकाे आवाज ‘सुमन सुधा’

सुमनले आफ्नो गजलसङ्ग्रहमा आफू बाँचेको समाज र समयलाई लेखेका छन्। कतै आफ्नै निजी अनुभूतिहरू त कतै समाजका विविध पात्रका अनुभूतिहरू आफ्नो कलमको सहायताले बोल्न लगाएका छन्।

विमानस्थल झरेको काठको बाकससँग पनि कर असुल्ने तानाबाना छन् सरकारसँग!

राहदानी बनाउने कारखाना छन् सरकारसँग, रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग। विमानस्थल झरेको काठको बाकसँग पनि,कर असुल्ने तानाबाना छन् सरकारसँग।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्