आवाजविहीनहरूकाे आवाज ‘सुमन सुधा’
सुमनले आफ्नो गजलसङ्ग्रहमा आफू बाँचेको समाज र समयलाई लेखेका छन्। कतै आफ्नै निजी अनुभूतिहरू त कतै समाजका विविध पात्रका अनुभूतिहरू आफ्नो कलमको सहायताले बोल्न लगाएका छन्।
सुमनले आफ्नो गजलसङ्ग्रहमा आफू बाँचेको समाज र समयलाई लेखेका छन्। कतै आफ्नै निजी अनुभूतिहरू त कतै समाजका विविध पात्रका अनुभूतिहरू आफ्नो कलमको सहायताले बोल्न लगाएका छन्।
आँधीबेहरी जस्तै आन्दोलनको भेल हुन्छ, बेलाबेला यहाँ स्याल र बाघको मेल हुन्छ। हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै, खाने बेला जनताका सामु कट्मेरो बेल हुन्छ!
एक्लै सुनसानमा आँसु बगाउँ कति, खिसिक्क हाँसिदिन्छु खुशी खोजेर, लिएर चिन्ता मुटु मात्र जलाउँ कति,एक्लै म रमाइदिन्छु मुसुक्क हाँसेर।
खड्काको हराएको निद्रा कवितासङ्ग्रहमा भएका कविताहरूले कतै न कतै राजनीतिक पक्ष छोएको छ।
राहदानी बनाउने कारखाना छन् सरकारसँग, रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग। विमानस्थल झरेको काठको बाकसँग पनि,कर असुल्ने तानाबाना छन् सरकारसँग।
अनौंठो लाग्छ यो मानव संसार कस्तो थियो होला, जुन समयमा लेखनकलाको आविश्कार भएको थिएन अनि आगोको आविश्कार भएको थिएन।
भाग्यमा नभएको रहर के गर्नु,मुटु पोलेर मार्ने जहर के गर्नु! आँधीबेहरी सहँदा सहँदै, मनै बगाउने लहर के गर्नु!
बल्ने छ छातीमा आगो दनदनी खोल्दै नखोल्नुस्, मनले त मान्दैन होला, तैपनि खोल्दै नखोल्नुस्। रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार, मलाई के पठाएछ छोराले भनी खोल्दै नखोल्नुस्।
बचाउनेहरू यता छन्, त्यता छन् केही पिर छैन,लाठो हान्ने, मुड्की बटार्ने केटा छन् केही पिर छैन। जति पाप गरे पनि पापी किन सच्चिन खोज्थ्यो र! जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन।
साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ दुबईमा लोकार्पण भएको छ।
सरकार पासपोर्ट बेचेर कमाइरहन्छ, उताबाट बाकसमा लास आइरहन्छ। समृद्धिका कुरा वीरबलको खिचडी न हो, दास ताली पिट्छन् नेता चिच्याइरहन्छ।
हात दिई तानेझैं गर्नेले पछार्न पनि सक्छ,धेरै कला जानेकोले कुरा बटार्न पनि सक्छ। अन्धभक्त भई विश्वासमा नपर्नुस् कसैको, विश्वासको नाम दिई अन्धकारमा लघार्न पनि सक्छ।
भित्र कुरा लुकाएर बाहिर अर्कै बोल्छ मान्छे, आफ्ना हर्कत छिपाएर अरूका पोल खोल्छ मान्छे।