४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

एक्लै सुनसानमा आँसु बगाउँ कति!

मुक्तक

१) मुक्तक

एक्लै सुनसानमा आँसु बगाउँ कति

खिसिक्क हाँसिदिन्छु खुशी खोजेर,

लिएर चिन्ता मुटु मात्र जलाउँ कति

एक्लै म रमाइदिन्छु मुसुक्क हाँसेर।

२) मुक्तक

नबनोस् कठोर मन रत्तिभर पनि

मडारिएको कालो बादलसरि,

खुलिरहोस् निरन्तर छर्लङ्ग बनी

जलवृष्टिपछि धरा देखिन्छ जसरी।

३) मुक्तक

जिन्दगीको अप्ठ्यारा मोडहरूमा

प्रत्येक सूक्ष्म चोट र पीडाहरूमा,

चित्त दुखाइ अश्रुधारा बगाउने

प्रिय तिमी छौ मेरो यो संसारमा।

४) मुक्तक

पोखेर भाव प्रफुल्लित मुद्रामा

मुसुक्क हाँस्ने हरेक सुखदमा,

मेरो प्यारो मान्छे भनी संज्ञा दिने

तिमी छौ यो चित्त भित्र रमाउने।

५) मुक्तक

विश्वास कसैको किन गर्नु र यहाँ

विश्वासमा आघात भैदिन्छ भने,

कुन दृष्टिले मित्रको भरोसा गर्नु र

मित्रतामा कुठाराघात गरिन्छ भने।

६) मुक्तक

जे भयो राम्रै भयो विगतका समयमा

जे छ सन्तोषले चलिरहेछ यस घडीमा,

जे होला सुन्दर होला भोलिका दिनमा

जिन्दगी बित्दैछ क्रमशः मृग तृष्णामा।              

प्रकाशित: ६ भाद्र २०८१ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App