४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाल्पाको तिनाउमा बस दुर्घटनामा एकको मृत्यु, ३८ घाइते

बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो।

एसइईका विद्यार्थी बाेकेकाे जीप दुर्घटना: एकजनाको मृत्यु, तीन घाइते

डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

हेलचेक्य्राइँले एलपी ग्याँसबाट दुर्घटना

नेपाल आयल निगम र ग्यास उद्योगीले उपभोक्तामा चेतना अभिवृद्धि नगरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। नियामक निकायको गैरजिम्मेवारीले दुर्घटना हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।

भूकम्पका कारण इन्डोनेसियामा ४६ को मृत्यु, ७ सय घाइते

इन्डोनेसियाका पश्चिमी क्षेत्र जाभामा सोमबार आएको भूकम्पका कारण ४६ जनाको मृत्यु भएको राष्ट्रिय विपद एजेन्सीले जनाएको छ।

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

रामेछापको खाँडादेवी गाउँपालिका-३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्।

भारतमा जीप दुर्घटनामा १० नेपाली घाइते

कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन्।

धादिङमा दुर्घटनाः एकको मृत्यु, १६ घाइते

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

गोरुले हान्दा खोटाङमा एक जनाको मृत्यु

खोटाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिए।

कुकुरको टोकाइबाट २० घाइते

बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै बसिरहने एक कुकुरले टोकेर स्थानीयवासी २० जनालाई घाइते बनाएको हो।

उदयपुरमा सडक दुर्घटनाः एककाे निधन तीन घाइते

सडक दुर्घटनामा परी उदयपुरमा मंगलबार राति एकजनाको निधन भएको छ। ३ जना घाइते भएका छन्।

द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपांगता भएका व्यक्तिहरूको तीनवटा अस्पतालबाट निःशुल्क उपचार सुरु गरेको छ।

द्वन्द्वको घाउः जोडाविनाको जीवन

‘राहत पनि पाइएन। छोराहरूले अंश माग्न थालेका छन्। छोरीलाई पढाउनु छ, तर जग्गा चलाउन पाएकी छैन,’ पुनिकला भन्छिन्, ‘सरकारले मृत्युदर्ता पनि गरिदिन्न, मान्छे पनि खोजी गर्दैन। यत्रो वर्ष कति दुःखमा बिताएँ। जोडाविनाको जीवन कस्तो हुन्छ भन्ने मलाई थाहा छ।’

सुडान पश्चिमी क्षेत्रमा जातीय दंगामा परी ४८ जनाको मृत्यु, दर्जनौ व्यक्ति घाइते

सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ। यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ।

बस दुर्घटनामा एकको मृत्यु, २२ जना घाइते

कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्