४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रौतहटमा माहुरीको टोकाइबाट दर्जन घाइते

एउटा रुखमा रहेको माहुरीका घारमा चरो ठोक्किएर आक्रोशित भएको घारका सबै माहुरी आसपासका मानिसलाई टोक्न थालेका थिए। माहुरीले टोक्न थालेपछि भागाभाग भएको थियो। कैयौँ माहुरी एकै जनामाथि आक्रमण गरेको पनि देखिएको थियो।

मोरङमा दुई समूहबीच झडप: एकको मृत्यु, दुई जना घाइते

मोरङको बुढीगंगामा युवाहरुको दुई समूहबीच भएको झगडामा एक जना युवकको मृत्यु भएको छ। आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झागडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

साडीमा आगो लागेपछि व्रतालु महिला घाइते

महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला सख्त घाइते भएकी छन्।

रौतहटमा बाघको आक्रमणबाट एक घाइते

बाघको आक्रमणबाट रौतहटमा एक जना घाइते भएका छन्। वस्तुभाउको लागि घाँस लिन जंगल गएको बेला बिहीवार रौतहटको चन्द्रपुर ६ का यज्ञबहादुर रायमाझीमाथि बाघले आक्रमण गरी घाइते बनाएको हो।

चट्याङ लागेर एकको मृत्यु ३ जना घाइते

बैतडीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका–५ खालीपाटाका २७ वर्षीय महेश लुहारको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपले ठक्कर दिँदा घाइते भएका दुई छात्राको मृत्यु

ठक्करबाट सख्त घाइते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीया सुनिता नेपालीलाई उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा दाङ जिल्लाको राम्रीमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन्।

सामाजिक विकास मन्त्रीद्वारा दुर्घटनाका घाइतेसँग भेट

सुर्खेतबाट जुम्ला जाँदै गरेको भे१ख २५७४ नम्वरको फोर्स गाडी वीरेन्द्रनगर–२ स्थित रेडियो नेपाल नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका ११ मध्ये पाँच जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु

रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो।

वासिङटनमा गोली चल्याे तीनको मृत्यु, तीन जना घाइते

लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो। डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, 'आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।'

ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते

दुर्घटनामा खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन्।

गण्डकी सरकारले जनयुद्धका घाइतेको उपचार निःशुल्क गर्ने

गण्डकी प्रदेश सरकारले जनयुद्धका घाइते, अपाङ्ग तथा सहीद परिवारको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।

पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन जना घाइते

कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पुर्‍याएको जानकारी दिए। उनका अनुसार बाढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्