२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

कुकुरको टोकाइबाट २० घाइते

फाइल तस्बिर

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन्।

बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै बसिरहने एक कुकुरले टोकेर स्थानीयवासी २० जनालाई घाइते बनाएको हो।

विगत तीन/चार दिनको अवधिमा सो कुकुरले स्थानीय चन्दु ठाकुर, रामआश्रे मण्डल, रमेश ठाकुरसहित आठ महिला र १२ पुरुष गरी २० जनालाई टोकेर घाइते बनाएको स्थानीयवासी चन्देश्वर साहले बताए।

घाइतेहरूले जिल्ला अस्पताल जलेश्वरमा उपचार गराएका छन्। स्थानीयवासीले सो कुकुरलाई नियन्त्रण गर्न जलेश्वर नगरपालिकासँग माग गरेका छन्।

प्रकाशित: ५ फाल्गुन २०७८ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App