८ वैशाख २०८१ शनिबार
समाज

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

फाइल तस्बिर

रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्।

दोरम्बाबाट काठमाडौंका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो। तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्। यात्रु दशैंको टिका लगाएर फर्कँदै थिए। बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताए।

बसमा करिब ३० यात्रु सवार थिए। घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २३ आश्विन २०७९ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App