१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुडान पश्चिमी क्षेत्रमा जातीय दंगामा परी ४८ जनाको मृत्यु, दर्जनौ व्यक्ति घाइते

सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ। यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ। सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ।

 

अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो। यस झडपका क्रममा हतियारधारी उनीहरुले आपसमा हमला गरेका थिए।दक्षिणी डारफोरको किरानीक भन्ने स्थानमा हतियारधारीहरुले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्।

 

सो संस्थाकाअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन। अरु कैयौँको ज्यान गएको पनि आशंका गरिएको सो विज्ञप्तिमा जनाइएको छ।

––– 

प्रकाशित: २१ मंसिर २०७८ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App