१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भूकम्पका कारण इन्डोनेसियामा ४६ को मृत्यु, ७ सय घाइते

इन्डोनेसियाका पश्चिमी क्षेत्र जाभामा सोमबार आएको भूकम्पका कारण ४६ जनाको मृत्यु भएको राष्ट्रिय विपद एजेन्सीले जनाएको छ। भूकम्पले गरेको क्षतिको विवरण संकलन गर्न उद्धारकर्ता तथा अधिकारीहरू लागिपरेका छन्। राजधानी जाकाताब्ःए४५ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा पर्ने सियानजुर सहरमा गएको यो भूकम्पका कारण ७ सय घाइते भएका विपद एजेन्सीको प्रमुखले बताएका छन्।

सियानजुरका एक सरकारी अधिकारी हर्मन सुहेरम्यानले भत्केका भवनहरूमा अझै पनि सर्वसाधारण फसेका बताएकाछन्। स्थानीय मेट्रो टिभीले घाइते सर्वसाधारणको अस्पतालको पाकिङस्थलमा उपचार भइरहेको दृश्य प्रसारण गरेको थियो। भूकम्पका कारण कतिपय घरहरू तथा बोर्डिङ स्कुल भत्केको र विद्युत् सेवा अवरुद्ध भएको छ। मेट्रो टिभीलेले कतिपय घरहरू तहसनहस भएको देखाएको छ।

सियानजुरका स्थानीय मुचलिसलेआफुले ठुलो धक्का महशुश गरेको र आफ्ना कार्यलयका पर्खाल र सिलिङ भत्केको बताए। ‘म स्तब्ध भएको थिए। फेरि अर्काे भूकम्प जाने डरले म चिन्तित थिए,’ उनले टिभीलाई भनेका छन्।

भूकम्प गएको २ घण्टापछि २६ वटा पराकम्पन रेकर्ड भएको थियो। पानी परेमा पहिरो जानसक्ने सरकारी अधिकारीले बताएका छन्। भूकम्पको झट्का राजधानी जाकार्तामा समेत महसुसभएको थियो। प्यासिफिक क्षेत्रको रिङ अफ फायर क्षेत्रमा पर्ने भएकाले इन्डोनेसिया बाराम्वार भूकम्प आउने गर्दछ।

सन् २००४ मा सुमात्रामा गएको ९.१ रेक्टर स्केलको भूकम्पका कारण सुनामी आउँदा हिन्द महासागर तटका १४ देश प्रभावित भएका थिए र २ लाख २६ हजार मानिसको मृत्य भएको थियो। मृत्यु भएकामध्ये आधा इन्डोनेसियाका थिए।

प्रकाशित: ६ मंसिर २०७९ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App