१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरमा सडक दुर्घटनाः एककाे निधन तीन घाइते

सडक दुर्घटनामा परी उदयपुरमा मंगलबार राति एकजनाको निधन भएको छ। ३ जना घाइते भएका छन्।

उदयपुरगढी गाउँपालिका ७ बाघखोर–कोल्टे खण्डको भित्री सडकमा पर्ने हाडेबास चिउरीबासमा भएको टिफर दुर्घटनामा सोही वडाका १९ वर्षीय उज्ज्वल खपाङ्गीको निधन भएको हो।

दुर्घंटनामा परी टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका खपाङ्गीलाई उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा उपचारको क्रममा पौने ८ बजे निधन भएको प्रहरीले जनाएको छ। बालुवागिटी बोकेर नेपालटारबाट कोल्टेतर्फ जाँदै गरेको स १ क १९० नं. को टिफर दुर्घटनामा परी चालक सप्तरी जिल्लाको कल्याणपुर नगरपालिका २ का २९ वर्षीय उमेशकुमार चौधरी लगायत ३ जना घाइते छन्।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका चौधरी बोल्न नसक्ने अवस्थामा रहेका छन्। उनलाई थप उपचारका लागि बाहिर लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। साँझ ७ः०० बजे अचानक ब्रेक फेल भई दुर्घटनामा परेको टिफरमा सवार सोही वडाका १७ वर्षीय युवराज खपाङ्गी र २४ वर्षीय भरत खपाङ्गी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको टिफर सडकदेखि ४० मिटर तल खस्दा घाइते भएका युवराजको खुट्टामा चोट लागेको छ भने भरतको माथिल्लो ओठमा चोट लाग्नुका सथौ दाहिने कान काटिएको स्थानीय प्रहरी चौकी नेपालटारले जनाएको छ। टिफर पवित्र निर्माण सेवा कम्पनी गाईघाटको भएको बताइएको छ।

घटनास्थल पुगेको जिल्ला प्रहरी र स्थानीय चौकीका प्रहरी टोलीले मृतकको शव स्थलगत सर्जमिन मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App