बेपत्ता नाबालकको अवस्था अझै अज्ञात
कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबार (हिजो) बेपत्ता भएका साढे तीन वर्षका एक नाबालकको अवस्था अझै अज्ञात छ।
कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबार (हिजो) बेपत्ता भएका साढे तीन वर्षका एक नाबालकको अवस्था अझै अज्ञात छ।
रुकुम पश्चिम, कालीकोट र मुगुमा एक/एकजना गरी तीनजना नदीमा बेपत्ता भएका हुन्। कालीकोट पलाता गाउँपालिका–९ थिर्पुका ३४ वर्षीय जङ्ग बम नजिकै रहेको कर्णाली नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
बाढीमा अझै १७ बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीमा बेपत्ता एक/एक चिनियाँ र भारतीय नागरिकको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। उनीहरुको शव सिन्धुली जिल्लामा फेला परेको उनले बताए।
सिन्धुपाल्चोकको हेलम्बु पहिरोले क्षतिग्रस्त भएको छ। खोलामा उर्लिएर आएकाे बाढीलेमंगलबार बेलुका करिब ६ बजे गएको पहिरोका कारण त्यहाँका बस्ती,माछा फर्म बगाएको छ।
काबेली खोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेको बताए।
लमहीबाट जुम्लातिर सिमेन्ट लिएर गएको बा५ख २१८३ नम्वरको टिप्पर राजमार्गबाट कर्णाली नदिमा खस्दा चालक र सहचालक बेपत्ता भएका हुन्। सडकदेखि १ सय ५० मिटर तल टिप्पर खसेको दैलेख प्रहरीले जनाएको छ।
सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन्। उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको छ।
खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन्। १७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौं सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन्। नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाई सुवास कोईरालाले घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुर्याएका हुन्।
रञ्जत शारीरिक अपांगता भएका बालक थिए। घरभन्दा करिब चार घन्टा टाढा रहेको अप्ठ्यारो भिरमुनि खोलामा भेटिएको हो। खोलामा शव फेला परेपछि स्थानीयले परिवारलाई पहिचानका लागि खबर गरेका थिए।
छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता भएका थिए। बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताए।
केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताए। सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रङ्गशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुले गुनासो गरे।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले वितरण गरिरहेको परिचयपत्रप्रति द्वन्द्वपीडितले नै असन्तुष्टि जनाएका छन् । पीडितले पुरानै कानुनमा टेकेर आयोगले गरिरहेको कार्यबाट आफूहरूले न्याय पाउने आशा नै नभएको गुनासोसमेत गरेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका चार जनामध्येका मुसाफिरसँग जग्गा विवाद रहेका रामजी यादवले झूटो बयान दिएको पोलिग्राफ जाँचबाट खुलेको छ। ‘पोलिग्राफबाट रामजीले झूटो बोलेको देखिन्छ,’ डिआइजी सिंहले भने, ‘धेरै ठाउँमा उनले शंकास्पद बयान दिएका छन्।’
कर्णाली नदीमा हामफालेर बेपत्ता भएका पाँच मध्ये थप दुईको शव फेला परेको छ। श्रीमानसँगको विवादका कारण दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुनिता बढुवालले चार छोराछोरीसहित साेमबार कर्णालीमा हामफालेकी थिइन्।
ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका–५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्।