१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेपत्ता बालकको शव फेला

खोटाङमा बेपत्ता भएको १३ दिनपछि १४ वर्षीय बालकको शव फेला परेको छ। गत चैत ३ गतेदेखि बेपत्ता भएका बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका रञ्जित राईको शव सोमबार बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको राँकुली खोला र न्याउले खोलाको दोभानमा फेला परेको प्रहरीले जनाएको छ। 

शव चिन्न नसकिने अवस्थामा पुगिसकेकाले लगाएको लुगाका आधारमा बालकको पहिचान गरिएको वडाध्यक्ष शम्भु निरौलाले बताए। रञ्जत शारीरिक अपांगता भएका बालक थिए। घरभन्दा करिब चार घन्टा टाढा रहेको अप्ठ्यारो भिरमुनि खोलामा भेटिएको हो। खोलामा शव फेला परेपछि स्थानीयले परिवारलाई पहिचानका लागि खबर गरेका थिए। 

बेपत्ता भएको चार दिनसम्म पनि फेला नपरेपछि आफन्तले खोजीका लागि प्रहरीलाई तस्बिरसहित निवेदन दिएका थिए । उनले पूर्ण अपांगताको भत्ता लिँदै आएको वडाध्यक्ष निरौलाले बताए। ‘हामी हिँड्न सक्नेलाई नै चार घन्टा लाग्छ त्यो ठाउँमा पुग्न,’ वडाध्यक्ष निरौलाले भने, ‘अशक्त मान्छे एकदमै अचम्मको ठाउँमा पुगेको छ। विकट ठाउँबाट झरेको देखिएको छ।’

प्रकाशित: १८ चैत्र २०७७ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App