३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘सर्वोच्चको फैसला आउन दिनुस्’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन्। पार्टीमा गुटबन्दीका कारण वर्तमान सरकारलाई आवश्यक सहयोग नभएको अवस्थामा राजनीतिक संकट देखिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्ष र विपक्षमा तर्क राख्ने भन्दा पनि सर्वोच्चले त्यसमा कस्तो फैसला गर्छ त्यसलाई मानेर जानुपर्ने बताए।

राजनीतिक संक्रमणको समयमा वन अतिक्रमण तीव्र

राजनीतिमा चरम उतारचढाव भएका बेला पश्चिम तराईको कैलाली र कञ्चनपुरका वनक्षेत्रमा अतिक्रमण तीव्र हुने गरेको छ । २०६२/६३ को जनआन्दोलनका बेला राजनीतिक सरगर्मीले उचाइ लिइरहेको थियो । तर कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा अतिक्रमण बढ्यो । सो क्षेत्रमा तीव्र रुपमा संस्थागत तथा निजी रुपमा सडककिनारमा रहेको वन क्षेत्रमा अतिक्रमण बढ्यो ।

मुलुक फेरि अँध्यारोतर्फ उन्मुख

पहिलो संविधानसभामा राजनीतिक दलहरूबीच सहमति नभएर संविधानसभाको कार्यकाल थप्नुपर्ने अवस्था देखिएपछि मुलुक अँध्यारो सुरुङतर्फ जाने त होइन भन्ने चर्चा चलेको थियो ।

नयाँ अमेरिकी नेतृत्व र नेपालको राजनीतिक संकट

आज अमेरिकामा नयाँ राष्ट्रपतिले कार्यभार ग्रहण गर्दैछन्। तोकिएकै तिथि र विधिले निरन्तरता पाए पनि यसपटकको नेतृत्व परिवर्तन सहज हुन सकेन। अमेरिकाले जन्मकालदेखि अविच्छिन्न अभ्यास गर्दै, गर्व गर्दै आएको प्रजातान्त्रिक पद्धति अहिले घाइते भएको र प्रजातान्त्रिक संस्कृतिमा अपुरणीय क्षति भएको अवस्था छ।

प्रतिबद्धता भुल्दै राजनीतिक दल

त्यो दृश्य देख्दा लाग्थ्यो, कोरोना भाइरस न्यूनीकरण भइसक्यो। तर अवस्था त्यस्तो छैन। कोरोना भाइरसको औषधि तथा खोप बनिसकेको अवस्था छैन र संक्रमण रोकथाम पनि भएको छैन। परीक्षण दर घटे पनि संक्रमित र यसबाट मृत्यु हुने दर नघटेकाले यसबाट सजगता अपनाउन जरुरी भए पनि दलहरूले आफ्नै प्रतिबद्धता उल्लंघन गर्दा जोखिम झन् बढाएको छ।

नयाँ राजनीतिक मोड

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा धेरै कुरा बुझ्न सकिएको थिएन । तर, नेपाल कम्युनिस्ट पार्टीको झगडा सुरु भएदेखि उनी को हुन् कस्ता हुन् भनेर धेरै सुन्न र बुझ्न पाइयो । उनको हातमा आजको दिनमा जुन सत्ता छ त्यसबाट सबभन्दा धेरै उनकै साथीहरू तर्सिएका रहेछन् । त्यो सत्ताले के के गर्न सक्दोरहेछ भनेर अनेक चेवाचर्चा गरेको उनका पुराना साथीभाइबाट सुनिन्छ ।

‘राजनीतिक अनिश्चितताका कारण राष्ट्र डग्मगाउनु भएन’

प्रायः मनोरञ्जनात्मक कार्यक्रममा देखिने अभिनेत्री मनीषा कोइराला मंगलबार हिन्दु राष्ट्र र राजसंस्थानिकट मानिने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन आह्वान गरिरहेकी थिइन् । राजधानीमा आयोजित कार्यक्रममा सहभागी उनले आगामी पुस २७ मा पृथ्वीनारायण शाहको जन्म जयन्तीसहित राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाउनसपर्नेमा जोड दिइरहेकी थिइन् ।

सन् २०२०: कोरोनाभन्दा राजनीतिक तनावको वर्ष

कोरोना विषाणु संक्रमणले संसारलाई तनावमा पारेको सन् २०२० नेपालीका निम्ति पनि अछुतो रहेन। अझ यो वर्ष कोरोनाले भन्दा बढी राजनीतिक कारणले तनावको वर्ष रह्यो। गत वर्ष यतिबेला चीनको वुहानमा नयाँ भाइरस देखिएको अन्तर्राष्ट्रिय समाचारलाई नेपाली सन्दर्भमा पस्किँदै गर्दा सरकारको ध्यान भने राजनीतिलाई आफूअनुकूल तुल्याउने गतिविधिमा केन्द्रित थियो। यस्तो संक्रमणको अन्तर्राष्ट्रिय चर्चा भइरहेका बेला चीनकै छेउमा उभिएको नेपालको सरकारले कुनै तयारी गर्नुपर्ने आवश्यकता महसुस गर्न सकेन।

साहित्यमा अर्थ

२००७ सालपछि नेपालको राजनीतिक परिवर्तन त भयो भयो, भौतिक परिवर्तन पनि भयो । नेपालीहरू रेडियो सुनेर देश/विदेशका कुरा सुन्न पाउने भए । दल खोल्न पाउने भए । २०१३ सालमा त्रिभुवन राजपथ बन्यो ।

फेरि तात्न थाल्यो सडक

पछिल्लो राजनीतिक घटनाक्रमपछि उपत्यकाको सडक तात्न थालेको छ । संसद् विघटन भएसँगै विभिन्न राजनीतिक मुद्दा बोकेर प्रतिपक्ष मात्र नभएर सत्तापक्षसमेत सडकमा उत्रन थालेपछि सडकमा सरगर्मी बढेको हो ।

विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन अन्योलमा

किसानले मूल्य माग्दै बसेको त्यही माइतीघर सडकमा शुक्रबार भने फरक दृश्य देखियो। जुन सरकारसँग उखु किसानले मूल्य माग गरेका थिए, त्यही सरकारका शीर्ष नेताहरू राजनीतिक मूल्य खोज्दै सडकमा ओर्लिए। राजीतिक मुद्दामा अठ्ठिएको सरकारबाट गरिब अब किसानले मूल्य कसरी पाउलान् ?

भट्टीजस्तो राजनीतिक मैदान

पञ्चायतकालकै कुरा हो, एकजना सांसदले ‘मीठो खाजा खुवाउँछु’ भनेर काठमाडौँको एउटा गल्लीभित्र लगे । उनीबाट केही ‘समाचार’ हात लाग्ने आशामा म उनको पछि लागेँ । मेरीबास्सै, रक्सी–चुरोट, अनेकौँ मांसाहारी व्यञ्जन र ठस्स गनाउने सहरिया हुल्लडबाजहरूको स्टेसन रहेछ त्यो खाजा घर ।

दिनभर दौडधुप, ओलीका तीन तुरुप

ओलीले थापालाई भेटेरै प्रतिवेदन लेख्न आग्रह गसिसकेका छन्। ओलीले दाहाललाई कात्तिक २८ मा सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न आग्रह गरेका थिए तर दाहालले अब सकिन्न, त्यो फिर्ता हुँदैन भनेपछि प्रधानमन्त्रीले थापालाई उनकै सरकारी निवास पुगेर साझा प्रतिवेदन लेखी स्थायी कमिटीमा पेस गर्न आग्रह गरेको स्रोतको दाबी छ।

राजनीतिक द्वन्द्वको घानमा संसद्

अधिवेशन बोलाउनुपर्ने बेलामा यति बेला संसद् सुनसान छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् सचिवालय सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा बिरलै जाने गरेका छन् । यता सांसदहरू विशेष अधिवेशनको माग गर्दै सोमबार शीतल निवास पुगे । कांग्रेस र जनता समाजवादी पार्टीले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका छन् ।

जब धर्मलाई राजनीतिक हतियार बनाइन्छ

ऐतिहासिक हिसाबले नेपाल पुरानो देश भए पनि विश्वसामु यसको परिचय त्यति लामो छैन। बेलायती साम्राज्यको राजनीतिक तवरले सामना गर्न सफल भए पनि कूटनीतिक क्षेत्रमा नेपालले खासै सफलता हासिल गर्न सकेन। किनकि एकीकरणका बेलादेखि नै शाहवंशीय राजाहरूले धर्मलाई राजनीतिसँग जोडे। जसले देशलाई विज्ञानको ज्योतितर्फ होइन, अन्धविश्वासको गुफातिर धकेलिदियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्