६ आश्विन २०८१ आइतबार
image/svg+xml

सोमालीयामा विस्फोट हुँदा १८ जनाको मृत्यु

सोमालीयामा ट्रक बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ। मध्य सोमालीया सहर बेलेडवेनमा भएको ट्रक बम विस्फोटमा परी ४० जना घाइते भएका छन्।

मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ४ बकैया पुलनजिक भित्री सडक खण्डमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको ना ५५ प ९५७८ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

एक साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटकी ४० वर्षकी रीतादेवी दास रहेकी छिन्।

बाँकेको बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु, १० जना घाइते

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमामा झडप हुँदा एकजनाको मृत्यु, १३ जना प्रहरी नियन्त्रणमा

रुपन्देहीको तिलोत्तमामा झडप हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर हेटौँडाका अन्दाजी २४/२५ वर्षका सुरेश स्याङताङ रहेका छन्।

ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

अमेजनका बार्सेलोस प्रान्तमा भएको विमान दुर्घटनामा दुईजना क्रु मेम्बरसहित १४ जनाको मृत्यु भएको हो।

चितवनमा गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्न नगर नगरपालिका वडा नम्बर ५ स्थित जनकौली र ढुंग्रे खोलाको सीमा क्षेत्रमा मगर टोलका ४५ वर्षीय फगुन्ना महतोको गोहीको आक्रमणबाट मृत्यु भएको हो।

दुर्घटनामा दुईको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कपिलवस्तुमा सडक दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तुमा छुट्टा छुट्टै दुई स्थानमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ।दुवै जनाको शुक्रवार साँझ मृत्यु भएको हो।कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कटुवा र वडा नम्बर ६ निगालीकोटमा भएको सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

'रेजिशाको मृत्युमा अस्पतालको कमजोरी’

प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधनमा कान्ति बाल अस्पतालको कमजोरी भएको बताएका छन्।

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि रौतहटमा तनाव

ट्रकको ठक्करबाट रौतहटमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया चोकमा ना ५ ख ३४५१ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका १ का ३५ वर्षीय उमेश यादवको मृत्यु भएको हो।

ठेकेदारको लापरबाहीले नालामा खसेर दुई वर्षीय बालकको मृत्यु

खुल्ला छाडेको नालाको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो।

नेम्वाङको बाँचुन्जेल आलोचना, मृत्युपछि प्रशंसै-प्रशंसा

‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ, देश भक्त छोरो मर्दा देशै रुँदो रै’छ।’ एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधनपछि अनिल पौडेलकोे सिर्जना र जेबी टुहुरेको स्वर रहेको एक गीतको अंंश हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्