१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चितवनमा गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्न नगर नगरपालिका वडा नम्बर ५ स्थित जनकौली र ढुंग्रे खोलाको सीमा क्षेत्रमा मगर टोलका ४५ वर्षीय फगुन्ना महतोको गोहीको आक्रमणबाट मृत्यु भएको हो। 

महतो शनिवार साँझ सात बजे तिर डुंगाघाट क्षेत्रमा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनी माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: ३० भाद्र २०८० १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App