१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सोमालीयामा विस्फोट हुँदा १८ जनाको मृत्यु

सोमालीयामा ट्रक बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ। मध्य सोमालीया सहर बेलेडवेनमा भएको ट्रक बम विस्फोटमा परी ४० जना घाइते भएका छन्।  

मानवीय तथा प्रकोप व्यवस्थापन मन्त्रालय हिरसाबेलेका महानिर्देशक अब्दिफाताह मोहम्मद युसुफले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताए। घाइतेमध्ये २० जनाको उपचार बेलेडवेन अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर २० जनाको उपचार मोगादिसु अस्पताल पठाइएको पनि उनले जानकारी दिए।  

समाचार संस्था रोयटर्सका अनुसार सरकारी सेनाले अल–कायदासँग सम्बन्धित अल–शबाब सशस्त्र समूहविरुद्धको कारबाहीलाई तीव्र बनाएको बेला उक्त विस्फोट भएको हो।

विस्फोटक पदार्थले भरिएको ट्रक सरकारी प्रहरी चौकीबाट जबरजस्ती गुडाउन खोज्दा सुरक्षाकर्मीको गाडीले पछ्याउने क्रममा विस्फोट भएको हो।  

प्रकाशित: ७ आश्विन २०८० ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App