८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा रौतहटमा एक महिलाको मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ४ बकैया पुलनजिक भित्री सडक खण्डमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको ना ५५ प ९५७८ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिएको हो।

गत आइतबार साँझ मोटरसाइकलको ठक्करले स्थानीय रामबाबु दासकी करिब ४० वर्षकी पत्नी रितादेवी दास घाइते भएकी थिइन्। दासलाई कटहरियामा नै प्राथमिक उपचार गराई थप उपचारको लागि वीरगंज पठाइएको थियो।

महिलाको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको थियो। महिलाको उपचारको क्रममा वीरगन्जस्थित सूर्या अस्पतालमा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८० ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App