६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

डा. तुलसी आचार्यको मृत्यु डायरी सार्वजनिक

डा. तुलसी आचार्यको  संस्मरणात्मक कृति मृत्यु डायरीको शुक्रबार राजधानीमा विमोचन गरिएको छ। चलचित्रकर्मी प्रकाश सायमी, चिकित्सकद्धय डा. अम्बुज कर्ण र डा. पुष्पमणि खराल, समालोचक डा. गीता त्रिपाठी, गायिका संगीता शाक्य थापा, सञ्चारकर्मीद्धय गोपीकृष्ण ढुंगाना र मोहराज शर्माले कृतिको विमोचन गरेका हुन्।

उक्त कृतिबारे बोल्दै सायमीले लेखक इमान्दार भएर नयाँ धारबाट घटना र सन्दर्भलाई जस्ताको तस्तै प्रस्तुत गरेकाले मृत्यु डायरी राम्रो बनेको बताए। उनले भने, ‘सन्तानले पनि बिरामीलाई तनाव होला भनेर क्यान्सरजस्तो रोगबारे नखुल्ने र बिरामीले पनि सन्तानलाई तनाव होला भनेर रोगबारे नसुनाउने अन्योलको स्थिति कृतिमा रोचक पाराले आएको छ।’

समालोचक त्रिपाठीले अनुभूतिहरूको आख्यानीकरण भएको र जीवनलाई साहित्यमा जोड्ने काम भएको बताइन्। उनले भनिन्, ‘मृत्यु शाश्वत छ किन लेख्नु प¥यो भन्नेहरूलाई यस कृतिले जवाफ दिएको छ।’ पुस्तकका सम्पादक एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले मृत्यु आफैंमा रहस्यमय रहेको सन्दर्भ सुनाउँदै मृत्यु डायरी रहस्यमय चलचित्र हेरिरहेको शैलीमा लेखिएको बताए।

लेखक आचार्यले जन्म दिने बुवाआमाको निधनले छोरीलाई कतिसम्म पीडा दिन्छ र क्यान्सर लागेपछिको पीडा सन्तानलाई कसरी पर्छ भन्ने सन्दर्भलाई जस्ताको तस्तै पुस्तकमा उतारेको बताए। कार्यक्रममा चिकित्सकद्धयले रोग र रोगीसँगको चिकित्सकको व्यवहार र रोगसँग सम्बन्धित रहेर लेखिएको कृतिबारे बोलेका थिए भने क्यान्सर बिजेता गायिका शाक्यले आत्मकथा सुनाएकी थिइन्।

प्रकाशित: २९ भाद्र २०८० १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App