२१ असार २०८१ शुक्रबार
image/svg+xml

खुम्चिँदै पदमार्ग, अन्नपूर्ण फेरोको पदयात्रा २८ बाट ५ दिनमा झर्यो

अन्नपूर्ण फेरोको पदयात्रा पर्यटन क्षेत्रमा कहलिएको रुट हो। कुनैबेला विश्वकै उत्कृष्ट पदमार्गको सूँचीमा यो रुट अटाउँथ्यो। तर, अहिले भने गाडीको यात्राले फेरोको पदयात्रा अवधि घटेको छ। पदयात्रा अवधि मात्र नभई फेरोको पदयात्रामा जाने पर्यटक पनि घटाउँदै लगेकोमा व्यावसायीको चिन्ता छ।

दिगो विकासका लागि युवा पदयात्रा

दिगो विकास लक्ष्य प्राप्तिलागि अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज राजधानीमा युवा पदयात्रा सम्पन्न भएको छ।फोर एच नेपालले आयोजना गरेको युवा पदयात्रा कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहित विभिन्न राजनीतिक दलका सांसदको सहभागिता रहेको थियो।

पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो।

नेपाली सेनाको प्रथम क्याप्टेन किनलक पदयात्रा

नेपाली सेनाले सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी देखि सिन्धुलीगढीसम्म प्रथम क्याप्टेन किनलक पदयात्रा गरेको छ । ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाको सिन्धुलीस्थित श्री नम्बर ९ बाहिनी अड्डाको आयोजनामा पदयात्रा भएको हो।

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव

चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ।

पदयात्रा क्षेत्रका व्यावसायी भन्छन्ः सिजनको पर्यटक आगमन मध्यम

विश्वकै प्रख्यात पदमार्ग अन्नपूर्ण फेरोमा यतिबेला दिनमा डेढसय हाराहारीमा पदयात्री उक्लिरहेका छन्। हुन त यो बेला पर्यटकीय सिजन पनि हो, त्यसैले पदयात्रामा जाने पर्यटकको संख्या अहिले भन्दा अझै धेरै हुनुपर्ने हो। तर, कोरोना भाइरस संक्रमणले शुन्यमा झरेको आगमनमा सुधार हुँदै गर्दाको अहिलेको आगमन मध्यम आकारको मान्न सकिने व्यवसायी बताउँछन्।

सेनाले निकालेको गोरखा–जितगढी मार्ग पदयात्राको टोली पाल्पा पुग्यो

गत चैत २९ गते गोरखाबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिमतर्फको मार्ग पछ्याउँदै पाल्पा पुगेको हो।

पदयात्रा रुटमा बढ्दैछ विदेशी पदयात्रीको चहलपहल

लामो समयदेखि सुस्ताएको पदयात्रा क्षेत्रले बिस्तारै गति लिन थालेको व्यवसायीले बताएका छन्। अन्नपूर्ण पदयात्रा क्षेत्रका रुटमा अहिले विदेशी पाहुना बढ्न थालेका छन्। विदेशी पदयात्री पुगेसँगै पदयात्रा क्षेत्रमा चहलपहल बढेको छ। लामो समयसम्म सुस्ताएको पर्यटन क्षेत्र पदयात्री बढेसँगै व्यवसायी उत्साही बनेका छन्।

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो। गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो।

गोरखा-काठमाडौँ एकीकरण पदयात्रा आजदेखि सुरु

नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो।

टान गण्डकी अध्यक्षमा पन्थी

पदयात्रा व्यवसायीको छाता संस्था टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचित भएका छन्। टानको २९ औं वार्षिक साधारणसभा तथा १७ औं अधिवेशनले पन्थीको अध्यक्षतामा आगामि दुइवर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो।

मर्दी पदयात्रा व्यवस्थित गर्न मतदाताको माग

सिदिङमा चुनावी अभियानमा पुगेका निर्वाचनका उम्मेदवार समक्ष गुनासो राखे। ‘मर्दी पदयात्रामा समस्या नै समस्या छन्। केन्द्रीय विद्युत अझै पुगेको छैन, एक्याप लगायतबाट समस्या भएको छ। सरकारले व्यवस्थित गर्दै पर्यटकलाई सुविधा दिनुपर्दछ,’ उनले आफ्नो गुनासोलाई उम्मेदवार समक्ष फुकाए।

दश शारीरीक अशक्तसहित ६० इजरायली पदयात्रीको टोली अन्नपूर्ण ट्रेलतर्फ प्रस्थान

‘उनीहरुको सहयोगमा इपिएसए नेपाल (अपाङता केन्द्र नेपाल) को प्रतिनिधिहरुले पनि यस अभियानमा साथ दिएर सँगै जानु भएको छ,’ अधिकृत जोशीले भनिन् ‘इजरायल र नेपालको निकै पुरानो सम्बन्ध छ। यसले पनि वर्षेनी सयौंको सख्यामा इजरायलीहरु नेपाल भ्रमणमा आउने गर्नु भएको छ।’

हिमाली भेगको पदयात्राः एबिसीमा सहज, अन्यत्र सकस

हिमपात र वर्षाद्ले गर्दा हिमाली क्षेत्रको माथिल्लो भेग पुगेका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी समस्यामा परेका छन्। अन्नपूर्ण क्षेत्रको मनाङ र मुस्ताङ सहित म्याग्दीको धवलागिरी तथा गोरखाको मनास्लु सहित बागलुङको ढोरपाटन क्षेत्र पुगेका धेरै पर्यटकलाई हिडडुलमा सकस छ। अन्नपूर्ण क्षेत्रकै अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा भने कुनै समस्या नरहेको व्यवसायीले बताएका छन्। एबिसी क्षेत्रमा भने पाहुना खचाखच छन्।

धवलागिरी पदयात्राका धेरै पर्यटकसँग सम्पर्कै छैन

विभिन्न हिमाली क्षेत्रको पदयात्रामा गएका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी अलपत्र परेका छन्। धवलागिरी क्षेत्रको पदयात्रामा गएका विदेशीहरु बढीमात्रामा प्रभावित भएको पदयात्रा व्यवसायीले बताएका छन। पदयात्रामा रहेका उनीहरु हिमपातमा परेको र फर्किन नसकेको अनुमान व्यवसायीको छ। पदयात्रामा रहेका उनीहरुसँग सम्पर्क समेत नभएको व्यवसायीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्