२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

नेपाली सेनाको प्रथम क्याप्टेन किनलक पदयात्रा

प्रथम क्याप्टेन किनलक पदयात्रामा सहभागी भई चियाबारी देखि पदयात्रा गरेर सिन्धुलीगढी पुगेपछि सामूहिक तस्बिर खिचाउँदै सहभागीहरू।

नेपाली सेनाले सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी देखि सिन्धुलीगढीसम्म प्रथम क्याप्टेन किनलक पदयात्रा गरेको छ । ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाको सिन्धुलीस्थित श्री नम्बर ९ बाहिनी अड्डाको आयोजनामा पदयात्रा  भएको हो। 

मध्यपुर्वी हेडक्वाटरका पृतनापति उपरथी प्रेम ध्वज अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम पश्चात् सिन्धुलीको चियाबारी देखि ऐतिहासिक सिन्धुलीगढी परिसरसम्म पैदल यात्रा गरेको थियो ।  करिब ८ किलोमिटर क्षेत्रमा दुई सय पचास भन्दा बढीले पदयात्रा गरेका हुन् । नेपाली सेना, बैक तथा वित्तीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि उद्योग वाणिज्य संघ सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू गरि दुई सय पचास भन्दा बढीले पदयात्रा गरेको नेपाली सेनाले जनाएको । सिन्धुलीगढीको इतिहास र सो क्षेत्रमा जाने पदमार्गको संरक्षण गरि आगामी पुस्तालाई समेत ऐतिहासिक क्षेत्रको महत्वको सन्दर्भमा जनचेतना दिन पदयात्रा गरिएको नेपाली सेनाका श्री नम्बर ९ बाहिनी अड्का बाहिनी पति शक्तिजंङ बस्नेतले जानकारी दिए। 

नेपाली सेनाले विभिन्न समयमा पदयात्रा गर्दै आएको छ । यसअघि सिन्धुलीको हरिहरपुरगढी देखि सिन्धुलीगढी सम्म पदयात्रा गरेको थियो । नेपाली सेनाको नीति तथा कार्यक्रममा समावेश भएबमोजिम   ऐतिहासिक एकीकरण पदमार्ग तथा किनलक पदमार्गमा पदयात्रा गर्ने कार्यक्रम सेनाले राख्दै आएको छ। वीर पुर्खाहरूले वीरता प्रदर्शन गरि विजयी हासिल गरेको स्थान तथा पदमार्ग ऐतिहासिक पाना बनेकाले पदमार्गसँगै गढीको संरक्षण गर्न पदयात्रा गर्ने गरिएको छ । वि.स १८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलोकनको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेजी फौजलाई राजा पृथ्वीनारायण शाह फौजका बंशु गुरुङको नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजलाई सिन्धुलीगढीबाट पराजित गरी भगाएको इतिहासकारहरू बत्ताउँछन् ।  जति बेला झन्डै एक हजार ६ सय अङ्ग्रेज सेनाहरू हताहत भएका थिए । अग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अङ्ग्रेजहरूको पहिलो पराजय पनि यही सिन्धुलीगढीबाट नै भएको थियो । वि.सं.१३६७ मा सिम्रौनगढका (डोयहरु) सेनाहरूले काठमाण्डौमा व्यापक लुटपाट गरी बनेपा हुँदै फर्कदा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर–सितामाढी)  फर्कदा समेत यही मार्ग भएर फकिर्एका थिए भन्ने ऐतिहासिक प्रमाण भएको खोजकर्ताहरूले दावी गरेका छन् । जुन प्रमाणले पनि त्यस समयमा सिन्धुलीगढीको बाटो प्रयोग भएको प्रमाणित हुन्छ । 

नेपाल एकीकरणका बेला बिं. सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न ईष्टईण्यिा कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर विरासत कमाएको इतिहास सिन्धुलीगढीले बोकेको छ। सोही खुसीयालीमा सिन्धुलीगढीलाई अन्तराष्ट्रिस्तरमा चिनाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बर्सेनि सिन्धुलीगढी विजय उत्सव समेत मनाइँदै आएको छ।

प्रकाशित: ६ श्रावण २०८० १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App