२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः वाणी प्रभाव वढ्ने छ। शत्रु बाधा हरण हुनेछ। धन सन्चित हुने समय छ। यात्रामा हिँड्दा मतभिन्न हुन सक्ने हुँदा, जोगिनु होला। पराक्रमबाट कार्यसिद्धि हुनेछ। विलासी खर्च नगर्नुनै वेस हुन्छ।

वृष राशिः सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। धन आर्जन हुने योग देखिन्छ। स्वकार्यमा फल प्राप्त हुने छ। आफन्त, मित्रहरुसँग शुभ भेटघाट हुनेछ। व्यापार व्यवसाय फलदायी देखिन्छ।

मिथुन राशिः लेखनमा रुचि बढ्ने छ। स्वास्थ्यको विषयमा धन खर्च हुने समय छ। लगानीहरू प्राप्त हुने देखिन्छ। विलासी सम्बन्धी व्यापारको कार्य आरम्भ गर्नु होला। तीर्थयात्रामा शुभ फल प्राप्त योग छ।

कर्कट राशिः दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। भोज र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। आँखामा सामान्य विकार आउने देखिन्छ। पढाईमा रुचि बढ्ने छ।

सिंह राशिः आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। भूमि सम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। धार्मिक कार्यमा रुचि बढ्ने छ।

कन्या राशिः साथीहरूबाट खर्च हुने देखिन्छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्नेछ। शिरमा समस्या देखिन सक्छ। मित्रसँग वैचारिक मेलको योग रहेको छ। जग्गा सम्वन्धी व्यापारमा मध्यम योग छ।

तुला राशिः धातु सम्वन्धी काममा राम्रो योग छ। पराक्रमबाट कार्यसिद्धि हुने दिन छ। पूर्ण आर्थिक लाभ हुने दिन छ। साहित्य, लेखनमा राम्रो छ। व्यापार व्यवसाय गर्नेहरूलाई भने दिन राम्रो छ।

वृश्चिक राशिः नित्य निरन्तर प्रयास गर्दा नयाँ फल प्राप्त हुने देखिन्छ। अध्ययनमा सफलता छ। लामो यात्रा गर्नु पर्दा दिनको सुरुमै गर्नु होला। रमाईलो भेटघाटमा सहभागी हुनुपर्नेछ। स्वास्थ्यको विषयमा ध्यान दिनुपर्ने समय छ।

धनु राशिः वस्त्र उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ। सामान्य कर्ण रोग देखा पर्न सक्नेछ। विद्यार्थीका लागि पढाइ, यात्राको समय रहेको छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

मकर राशिः बिद्यार्थीका लागि पढाइमा रुची बढ्ने छ। धार्मिक कार्य गर्नु शुभ छ। स्वदेश तथा विदेश यात्राको समय रहेको छ। व्यापार व्यवसायमा अर्थ प्राप्ति हुनेछ। उन्नतिप्रगति हुने दिन छ।

कुम्भ राशिः सामान्य चर्म रोग देखापर्न सक्ने छ। आफन्तबाट धन खर्च योग छ। स्वास्थमा हल्का सुधार आउने छ। वैदेशिक यात्राको योग देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्ने योग छ।

मीन राशिः राजनीतिक क्षेत्रमा मान र सफलता मिल्नेछ। विद्यार्थीका लागि पढाईमा रुचि बढ्ने छ। समाजिक पद र सम्मान मिल्ने छ। वाणी सफल हुने योग छ। भूमि क्रयको योग छ। आर्थिक खर्च हुने दिन रहेको छ।

प्रकाशित: २४ असार २०८१ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App