२४ असार २०८१ सोमबार
image/svg+xml

पर्यटकीय सिजनः सोधपुछ भयो, बुकिङ आएन

कोरोना भाइरस संक्रमणले लामो समय पर्यटन व्यवसाय थलियो। करिब दुई वर्ष व्यवसायीले सेतो अनुहार (विदेशी पाहुना) देख्नै पाएनन्।

काठमाडौंमा एमालेको पदयात्रा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ।

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो। असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ।

भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक पदयात्रा

भक्तपुरमा शुक्रबार साँंझ सन्ध्याकालीन सांस्कृतिक पदयात्रा भएको छ। भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थितबारे पुखुबाट पदयात्रा सुरु भएको थियो।

पदयात्रा र टुरको मूल्य सूची सार्वजनिक गर्नुपर्ने बाध्यकारी

विदेशी पर्यटकलाई पदयात्रा र टुर गराउँदा लिइएको शुल्कको दर र विवरण प्रदेशको पर्यटन मन्त्रालयलाई बुझाउनुपर्ने गरि गण्डकी प्रदेश सरकारले पर्यटन सम्बन्धि विधेयक ल्याउन थालेको छ। यो विधेयक कुनै संशोधनबिना कानुनको रुपमा लागु भएमा पदयात्रा र टुर अपरेटर्सले पाहुनासँग लिइएको शुल्कको दर र विवरण सार्वजनिक गर्नुपर्नेछ।

पदयात्रा क्षेत्रः साढे चारमहिनादेखि बेपत्ता छन् इजरायली पर्यटक

अन्नपूर्ण र मनास्लु क्षेत्रको पदयात्रामा निस्केका एकजना इजरायली पर्यटक साढे चारमहिनादेखि सम्पर्कविहीन छन्। इजरायलका नागरिक योङ किडरोन (५०) साढे चारमहिनादेखि पदयात्रा क्षेत्रबाट हराएका हुन्। किडरोनका परिवारले खोजि गरिदिन नेपालस्थित पदयात्रा व्यवसायी सहित अन्नपूर्ण र मनास्लुक्षेत्र आयोजनासँग आग्रह गरेका छन्।

पदयात्रा व्यवसायीको सकसः आफू जोगिने की मजदूर जोगाउने ?

आन्तरिक पर्यटकका कारण पर्यटनका अरु क्षेत्र धेरथोर चलायमान बनिसकेपनि विदेशी पाहुनाको भरमा टिकेको पदयात्रा व्यावसाय भने अझै चलायमान बन्न सकेको छैन। आफ्नो व्यावसाय जोगाउने वा मजदुर जोगाउने भन्ने चूनौती थपिएको व्यावसायी बताउँछन्।

दुईसय जना पदयात्रा मजदुरलाई १० दिन काम

विदेशी पाहुना बिना पदयात्रा व्यवसाय चल्दैन। पदयात्रा व्यवसाय नचल्दा त्यसमा आश्रित मजदुर कामविहीन भएका थिए। कामविहीन भएका ती मजदुर पलायनको अवस्थामा छन्। घरखर्चको जोहो गर्न समेत उनीहरुलाई हम्मेहम्मे भएको छ। कामविहीन भएका उनै मजदुरलाई काममा लगाएर थोरै भएपनि आर्थिक सहयोग गराउने उद्देश्यले अहिले विभिन्न पदमार्गमा काममा खटाइएको छ।

पदयात्रा खुलाउनु पर्ने पर्यटन व्यवसायीको माग

नेपालको पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको छ। विश्वमा चर्चित पदमार्गहरुले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको छ।

पदयात्रा मजदुरलाई नगद राहत

कोरोना भाइरस संक्रमणका दुईवटा लहरका कारण पर्यटन क्षेत्र आक्रान्त छ । पर्यटन व्यवसायीसँगै आश्रित महजुर झनै बढी मर्कामा परेका छन् । एकवर्ष भन्दा बढी समयदेखि कामविहीन हुनुपर्दा मजदुरलाई हातमुख जोर्न पनि समस्या हुन थालेको व्यवसायीले बताएका छन । अति विपन्न ७७ जना पदयात्रा मजदुरलाई विहीबार जनही पाँचहजार रुपैयाँका दरले राहत वितरण गरिएको छ।

पदयात्रा पर्यटनः आन्तरिकले मात्र टिक्दैनौ, विदेशीको टुंगो छैन

कोरोना भाइरस संक्रमणको त्रासले नेपालमा विदेशी पर्यटक आउन नपाएको करिब वर्षदिन पुग्नै लागेको छ । विदेशी पाहुना आउन नपाएपनि पछिल्लो समय आन्तरिक पर्यटकको भरमा पर्यटन क्षेत्रमा केही चहलपहल भने सुरु भएको छ । तर, विदेशी पर्यटकलाई साहसिक पदयात्राका गन्तव्यमा पठाएर व्यवसाय धानेका पदयात्रा व्यवसायी भने आन्तरिक पाहुनाबाट लाभ पाउन सक्ने अवस्था नभएको बताउँछन् ।

पदयात्राको नयाँ गन्तव्य-अन्नपूर्ण नर्थ बेसक्याम्प

मोटरबाटोले चल्तीका पदमार्ग थिल्थिलो भएका छन्। मोटरबाटो विस्तार भएसँगै पदमार्ग छोटिएका छन्, पदयात्रा अवधि घटेको छ। हप्तौं लगाएर पूरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन्।

अन्नपूर्ण नर्थ बेसक्याम्प : पदयात्राको नयाँ गन्तव्य

मोटरबाटोले चल्तीका पदमार्ग थिलोथिलो भएका छन्। मोटरबाटोको पहुँच विस्तार भएसँगै पदमार्ग छोटिएका छन् भने पदयात्रा अवधि पनि घटेको छ। हप्तौ लगाएर पूरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन्। पदमार्गको दूरी र पदयात्रा अवधि छोटिने मात्र नभई मोटर गुडेका कारण पदमार्ग क्षेत्र प्रदुषित पनि हुने गरेका छन्।

एकीकरण मार्ग पदयात्रा आइतबार हनुमानढोका आइपुग्दै

गोरखा दरबारबाट गत मङ्गलबार सुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार साँझ हनुमानढोका दरबार आइपुग्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्