१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक पदयात्रा

भक्तपुरमा शुक्रबार साँंझ सन्ध्याकालीन सांस्कृतिक पदयात्रा भएको छ। भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थितबारे पुखुबाट पदयात्रा सुरु भएको थियो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सुरु भएको सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा कमलविनायकको बारे पुखु (पोखरी), नवदुर्गा द्यो छेँ (देवता घर), चोफल, सूर्यमढी, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, तालाक्व, इछु, लायकू (दरबार क्षेत्र), खौमा, इन्द्रायणी हुँदै भक्तपुरको व्यासीस्थित पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्रमा पुगी सभामा परिणत भएको थियो।

पदयात्राको क्रममा धाँ बाजा, माक प्याखं र पछिमा बाजाको टोली रहेको थियो। पदयात्रामा भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर नपा र पर्यटक सूचना केन्द्रका कर्मचारीहरू, पर्यटक प्रहरी, पथप्रदर्शक, पर्यटन व्यवसायी लगायतको उपस्थिति रहेको थियो।

सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा सुरु हुनुअघि भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष एवं वातावरण तथा पर्यटन समितिका सदस्य प्रेमगोपाल कर्माचार्यले पछिल्लो समयमा भक्तपुरमा आउने पर्यटकहरू दिन प्रतिदिन बढ्दै गइरहेको जनाए। भक्तपुर नपा पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्र प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर आउने पर्यटकहरूको आकर्षण बढिरहेको अवस्थामा सही र उचित सूचना उपलब्ध गराउनु नै पर्यटक सूचना तथा सेवा केन्द्रको प्रमुख उद्देश्य रहेको बताए।

प्रकाशित: ५ चैत्र २०७८ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App