२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

टान गण्डकी अध्यक्षमा पन्थी

नवनिर्वाचित टान पदाधिकारी। तस्बिरः नागरिक

पदयात्रा व्यवसायीको छाता संस्था टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचित भएका छन्। टानको २९ औं वार्षिक साधारणसभा तथा १७ औं अधिवेशनले पन्थीको अध्यक्षतामा आगामि दुइवर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो।  

पन्थी यसअघि प्रथम उपाध्यक्ष थिए। नयाँ कार्यसमितको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा दिवस लामिछाने, सचिवमा तिर्थराज सुबेदी, कोषाध्यक्षमा मोहनप्रसाद सुवेदी र सहसचिवमा गोपालकृष्ण संग्रौला चयन भएका छन्। त्यसैगरि कार्यसमितिको सदस्यहरुमा दिपकप्रसाद सापकोटा, विश्वराज अधिकारी, माधबप्रसाद खनाल, प्रकाश पौडेल, भुपेन्द्रकुमार लामा र सुरज गुरुङ चयन भएका छन्।

पदयात्रा व्यवसायीको छाता संस्था टान गण्डकीमा १६५ जना व्यवसायी आवद्ध छन्। पदयात्रा क्षेत्रमा यो संस्थाले प्रवद्र्धनात्मक सहित अध्ययन, अन्वेषण र पहिचानका काम गर्दै आएको छ। चल्तीका अधिकांश पदयात्रा रुट पछिल्लो समय मोटरबाटोका कारण बिस्थापित हुँदै गएपछि टानले नयाँ पदमार्ग रुटको पहिचान र अध्ययन गर्दै आएको छ।  

होटल एशियाका संचालक समेत रहेका अध्यक्ष पन्थीले कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्रको महत्वपूर्ण अंश पदयात्रा व्यवसाय बढी प्रभावित भएकोले आगामि दिनमा प्रवद्र्धनात्मक गतिविधि गरेर पहिलेकै अवस्थामा फर्काउने प्रयास गर्ने बताए। अहिले बिस्थापित भएका पदमार्गको विकल्प खोज्नका लागि टानले काम गर्ने उनले बताए। ‘केही नयाँ पदमार्ग पहिचान गर्नुपर्नेछ भने कतिपय पुराना पदमार्ग संरक्षणमा पनि चाँसो दिनुपर्नेछ,’ उनले भने।

प्रकाशित: ४ पुस २०७९ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App