९ मंसिर २०८१ आइतबार
image/svg+xml

छ महिनाभित्र राप्रपालाई शक्तिशाली बनाउँछुः अध्यक्ष लिङ्देन

उनले विगतमा कांग्रेस र कम्यूनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कसले कसलाई भोट दिएको भनेर आफूबाट कसैप्रति पनि पूर्वाग्रह नराख्ने बताए।

द्वन्द्वको घाउः जोडाविनाको जीवन

‘राहत पनि पाइएन। छोराहरूले अंश माग्न थालेका छन्। छोरीलाई पढाउनु छ, तर जग्गा चलाउन पाएकी छैन,’ पुनिकला भन्छिन्, ‘सरकारले मृत्युदर्ता पनि गरिदिन्न, मान्छे पनि खोजी गर्दैन। यत्रो वर्ष कति दुःखमा बिताएँ। जोडाविनाको जीवन कस्तो हुन्छ भन्ने मलाई थाहा छ।’

देउवालाई भोट माग्दै निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सभापति पदका लागि शेरबहादुर देउवालाई मत दिन महाधिवेशन प्रतिनिधिहरुसँग आग्रह गरेका छन्।

ओलीको गुटबन्दीले छलाङ मार्‍योः भीम रावल

सामाजिक सञ्जाल ट्विटर मार्फत रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र लामो समयदेखि चल्दै गुटबन्दीले छलाङ मारेको बताए हुन्।

व्यवस्थित पार्टी बनाउँछुः प्रकाशमान सिंह,सभापतिको उम्मेदवार

नेपाली कांग्रेसको विधानले हरेक चार वर्षमा महाधिवेशन गर्ने लेखेको छ। ठूलो विपत्ति भएमा कोरोना जस्तो असामान्य परिस्थिति आइपरेमा एक वर्ष थप्न पाइन्छ। तर, कोरोना नहुँदा पनि १ वर्ष थपियो। एक वर्ष असामान्य परिस्थिति खडा गरियो। संविधानलाई पनि उल्लंघन गरियो। संविधानअनुसार हरेक दलले हरेक ५ वर्ष प्रादेशिक र संघीय गरी महाधिवेशन गर्नुपर्नेछ।म्याद गुज्रेको औषधि खाएजस्तो काम भएको छ। नेपाली कांग्रेसको विगतमा महाधिवेशन समयमा हुन्थ्यो। यो भन्दा अघि नीति र कार्यक्रममाथि पनि छलफल हुन्थ्यो।

एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकका ब्रान्ड दूत रहेका अभिनेता पल शाहको उपस्थितिमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

कांग्रेस महाधिवेशन: मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन्।

आफ्नैबाट असहयोग र अविश्वास

संस्थापन इतर समूहबाट १४औं महाधिवेशनमा नेता शेखर कोइराला र प्रकाशमान सिंहले अलगअलग रूपमा सभापतिका लागि उम्मेदवारी दर्ता गराएपछि रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिरिएका छन्।

युवा नेता गगन थापाले खुलाए डा. कोइरालातिर लाग्नुको कारण

उनले अन्तिम समयसम्म पनि साझा नेतृत्वका लागि प्रयास जारी राख्ने जनाउँदै केही व्यक्ति मात्र नभई सिंगो पार्टीमै परिवर्तन आवश्यक रहेको बताए।

नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने वरिष्ठ नेता पौडेलको निर्णय

उनले अहिले काँग्रेसमा विचलन आइरहेको जनाउँदै अहिले पार्टी सत्ताको भर्याङमा सीमित भएकोमा असन्तुष्टि समेत पोखेका छन्।

गगन थापाको आर्थिक दृष्टिकोणः स्वतन्त्रता र पुँजीवादी अर्थ व्यवस्था एक अर्काका पुरक

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा महामन्त्रीका उम्मेदवार थापाले सार्वजनिक गरेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणा पत्रमा आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक गरेका हुन्।

प्रकाशमानले सभापतिमा आफ्नो दाबी नछाड्ने

बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका हुन्।

कांग्रेस संस्थापन इतर नेताहरु छलफलमा व्यस्तः सभापति टुंगो लगाउनै सकस

सहमतिका लागि पौडेल र शशांकले आफूहरु बाधक नहुने बताए पनि पूर्वमहामन्त्रीसमेत रहेका प्रकाशमान सिंह र नेता शेखर कोइराला दुवैले आफू भएमात्र मान्ने अडान राखेका छन्।

कांग्रेस नेता अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

बिगत तीन चुनावमा लगातार निर्वाचित हुँदै आएका सिंह पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएको पनि याे पहिलो पटक हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्