coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रकाशमानले सभापतिमा आफ्नो दाबी नछाड्ने

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन्।

बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका हुन्। 

उनले पार्टीलाई विधिसम्मत्, नियमसम्म्त र संस्थागत रुपमा सञ्चालन गरी साँचो अर्थमा प्रजातान्त्रिक पार्टी बनाउनका लागि आफू सभापतिको उम्मेदवार बन्न लागेको बताए। आफ्नो उम्मेदवारीको सम्बन्धमा परापर्श भइरहेको उल्लेख गर्दै उनले दृढताका साथ अगाडी बढेको पनि बताए।

नेता सिंहले काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वर स्थित छक्कु बक्कु पार्कमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गरेका हुन्। उनले भट्टराईले दिएको सिद्धान्त र आदर्शको राजनीतिको सन्देशलाई सबै राजनीतिक दलका नेताहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

नेता सिंहले कृष्णप्रसाद भट्टराई नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुल्य, मान्यता र आदर्शको राजनीतिबाट कहिल्यै पनि विचलित नभएको पनि टिप्पणी गरे।

प्रकाशित: २३ मंसिर २०७८ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App