कांग्रेसका नेता प्रकाशमान सिंहले गरे मतदान
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले आज बिहान नेपाल यिबाक मावि पाक्नजोलमा पुगेर मतदान गरेका हुन्।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले आज बिहान नेपाल यिबाक मावि पाक्नजोलमा पुगेर मतदान गरेका हुन्।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक श्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन्।
'संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ', नेता सिंहले भने, 'निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ। यसैगरी आचारसंहितालाई ख्याल गरेर चुनावी अभियान सञ्चालन गर्नुपर्छ।,'
उनले आज बिहान आयोजित चुनावी कार्यक्रममा मुलुक निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन्।
आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली काँग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताएका हुन्।
'म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ। त्यसैले क्षेत्रमा विकास गर्नेसँगै केन्द्रमा प्रभाव पार्ने उम्मेदवार म हुँ, उनले भने।
बिहीबार काठमाडौँमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरुले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने बताए।
शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताए।
'कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भयो, नयाँ संविधानलाई कार्यान्वयन गर्ने समयमा आदेश कम्युनिष्टहरुले पाएको कारण कम्युनिष्टहरुले नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानून निर्माण गर्न सकेनन्। संघीय कानून, समयमा नबनाइदिएको कारणले संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महशुस गर्ने गरेर काम गर्नुपर्नेमा ठाउँमा संसदलाई दुई दुई पटक भंग गरेको कारणले संघीयतालाई जोगाउन अहिलेको अवस्थामा गइरहेको छौँ।’
सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना राख्दै पूर्वमहामन्त्री सिहंले पार्टी नेता तथा कार्यकर्तालाई सो कुरा सुनाएका हुन्।
‘नेपालको प्रगतिलाई अघि बढाउनको लागि ग्रिन इनर्जीको विश्वमा वातावरण आइरहेको छ। प्रदूषणको कारणले गर्दा मानवजातीले कल्पना नै नगरेको समस्या भोग्नुपरिरहेको छ। नेपालका विज्ञहरु हाइड्रोबाट उत्पादन हुने ग्रिन इनर्जी आफ्नो ठाउँमा छ, विकासले फड्को मारिसकेको छ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन्।