प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद्को शपथ ग्रहण चैत १२ गते हुने भएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका सांसद्को शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे गर्ने तयारी गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीले चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहण गर्ने गरी तयारी गरिएको नागरिकलाई जानकारी दिए। उनका अनुसार नयाँ बन्दै गरेको संसद भवनमा उनीहरुको शपथ हुनेछ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा साविकको संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) आगजनी भएपछि सिंहदरबारमा बन्दै गरेको संसद् भवनमा शपथ गराउने सचिवालयकाे तयारी छ ।
प्रतिनिधि सभाका २७५ सांसदमध्ये १६५ प्रत्यक्ष निर्वाचित भएका हुन् भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिएका छन्।
प्रकाशित: ५ चैत्र २०८२ १६:३१ बिहीबार





